×

नवलपुर विशेष

संसद विघटन बदर गर्ने सर्वोच्चको फैसला

संसद विघटन बदर गर्ने सर्वोच्चको फैसला
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

स्कुल गेटले च्यापिएर कावासोतीमा एक बालिकाको मृत्यु

स्कुल गेटले च्यापिएर कावासोतीमा एक बालिकाको मृत्यु
गोविन्द घिमिरे नवलपुर । नवलपुरमा स्कुल गेटले च्यापिएर एक बालिकाको मृत्युु भएको छ । कावासोती नगरपालिका वडा नं. ५ मा रहेको कालिका माविको गेटले च्यापिएर कक्षा ३ मा पढ्ने गमित्रा सिंजालीको मृत्यु भएको हो । खेल्ने क्रममा विद्यालयको गेट पल्टदा १० वर्षिया बालिका सिंजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप कुमार गिरीले उज्यालो खबरलाई जानकारी दिए । विध्यालयमा खेल्ने क्रममा गेट पल्ददा साे घटना भएको बुझिएको छ । स्कुल गेटले च्यापिएर कक्षा ४ मा पढ्ने वर्ष ...

सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल

सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल
चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिनुभयो । प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशङ्का गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै उहाँले भन्नुभयो, “निर्वाचन हुन्छ कि हुँदैन भनेर आशङ्का गर्नुपर्ने कामै छैन, बिल्कुल हुन्छ । ...

नवलपरासी पूर्वमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

नवलपरासी पूर्वमा स्वास्थ्य बिमा कार्यक्रम सुरु
नवलपुर । ६८ औं जिल्लाका रुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्वास्थ्य बिमा दर्ता कार्यक्रम सुरु गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार जिल्लाको कावासोतीमा कार्यक्रमको सुरु गर्नुभएको हो । जिल्लाका आठवटै स्थानीय तहमा आज देखी स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु गरिएको गण्डकी प्रदेश स्वास्थ्य बिमा बोर्डका संयोजक जीवलाल खरेलले बताउनुभयो ।  नवलपुर ६८ औं जिल्लाका रुपमा बिमा कार्यक्रम शुरु भएको हो । यस अघि देशैभरका ६७ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम ल...

वैशाखमा चुनाव हुँदैन : कांग्रेस महामन्त्री शशांक कोइराला

वैशाखमा चुनाव हुँदैन : कांग्रेस महामन्त्री शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले वैशाखमा चुनाव संभव नरहेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने दाबी पनि उनको छ। सरकारले वैशाख १७ र २७ मा चुनाव घोषणा गरेको छ। महामन्त्री कोइरालाले प्रतिनिधि सभा पुनर्स्थापनाकै लागि पार्टीले संघर्ष जारी राख्नुपर्ने पनि बताएका छन्।त्रिभुवन विश्वविद्यालयमा नेविसंघले गरेको रिले अनशनलाई ऐक्यबद्धता जनाउन आइतबार पुगेका कोइरालाले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापनाका लागि संघर्ष गर्नुपर्छ। यो विषय अदालतमा पनि...

गगन थापाले हुप्सेकोटमा बृहत आमसभालाई सम्बोधन गर्दै

गगन थापाले हुप्सेकोटमा बृहत आमसभालाई सम्बोधन गर्दै
कावासोती । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापा  आज  आइतबार नवलपुर आउने भएका छ्न । थापाले जिल्लाको हुप्सेकोट गाउँपालिकामा नेपाली काङ्ग्रेस हुप्सेकोट गाउँपालिकाले आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस हुप्सेकोट गाउँपालिकाका सभापति ओमन सिङ रजालीले जानकारी दिएका छन । हुप्सेकोट-३ बेलहानी स्थित मयुरपोखरी खेल मैदानमा बिहान १० बजे आयोजना गरिएको बृहत आमसभालाई थापा लगाएतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति रजालीले बताए ।

कावासाेतीबाट १६ जुवाडे पक्राउ ( नाम सहित )

कावासाेतीबाट १६ जुवाडे पक्राउ ( नाम सहित )
कावासोती । नवलपरासीको कावासोती नगरपालिका ४ हसौराबाट नवलपुर प्रहरीले तास खेली रहेको अवस्थामा ४७ हजार ४ सय ५५ रुपैयाँ सहित १६ जनालाई शनिबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरिका अनुसार कावासोती ४ हसौरा निवासी ३४ बर्षीय लेखबहादुर थारुको घर जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिने क्रममा टेकबहादुर दर्लामी लडी घाइते भएको र उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको प्...

गैंडाकोटबाट फेरि १४ बर्षीया बालिका बेपत्ता

गैंडाकोटबाट फेरि १४ बर्षीया बालिका बेपत्ता
नवलपुर । गैंडाकोट नगरपालिका वडा नं. ८ की एक बालिका हिजोदेखि हराएकी छन्।गैँडाकोट नगरपालिका वडा नं. ८ करङघारी उज्जवल टोल बस्ने १४ वर्षीया पवी परियार रश्मी हिजो बिहान करिब सवा १० वजेदेखि घरबाटै बेपत्ता भएको आमा शान्ती परियारले जानकारी दिनुभयो। विजय सामुदायिक शिक्षा सदन गैंडाकोटमा कक्षा ५ मा अध्ययनरत पवी परियार हिजोदेखि बेपत्ता भएपछि शान्तीको परिवार यति बेला भावविव्हल अवस्थामा छ। परिवारमा जेठी छोरी र एक छोरा रहेको र जेठी छोरी पवी परियार बेपत्ता भएपछि हिजोदेखी नै परिवारले वि...

सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार आज  वितरण गरिदै

सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार आज  वितरण गरिदै
नवलपुर। नेपाल प्रेस युनियन नवलपुर शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार आज  वितरण गरिदै छ । यस वर्षको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेललाई वितरण गरिने नेपाल प्रेस युनियन नवलपुरका सचिव  आशिष रेग्मीले जानकारी दिए । पोख्रेल नेपाल पत्रकार महासङको वरिस्ठ उपाध्यक्ष  समेत हुन । श्रमजिबी पत्रकारको पक्षमा र प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर लड्दै आए...