Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । पत्रकार डोलराज रानाभाटलाई टिभेट मिडिया अवार्डको दोस्रो पुरस्कार प्रदान गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीईभिटीद्धारा प्रदान गरिएको उक्त अवार्ड आज ३३ औँ वार्षिकोत्सवको अवसरमा रानाभाटलाइ प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले रु. २० हजार नगद राशी सहित प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

सिटीईभिटीले उपलब्ध गराइरहेको शिक्षा तथा सीपबाट सफल जीवन विताएकाहरुको सफलतालाई समावेश गरी रानाभाटले रिपोर्ट बनाउनुभएको थियो । सोही रिपोर्टको आधारमा सिटीइभिटीको इतिहासमै पहिलो पटक पत्रकारहरुलाई पुरस्कृत गरिएको परिषदका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

देशभरबाट ६० जना पत्रकारहरुले आआफ्ना लेख रिपोर्ट पेश गरेको मध्य रानाभाटले दोस्रो स्थान हासिल गर्नुभएको हो । राससका गोपाल बराल प्रथम हुँदै नगद ४० हजार र अर्का पत्रकार यज्ञराज उपाध्यायलाई तेस्रो पुरस्कार नगद १० हजार प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया