नवलपरासी । नवलपरासी (पश्चिम) प्रहरीले आज भारतबाट अवैध रुपमा ल्याउदै गरेको २ लाख १ हजार ३ सय ९० मुल्य बराबरको जिउँदो बोईलर कुखुरा तथा बिभिन्न मालसामान बरामद गरेको छ । बिहान ११:०० बजेको समयमा भारतबाट अवैध रुपमा ल्याई वेवारिसे अवस्थामा राखेको ३२ गोटा (६४ के.जी.) जिउदो बोईलर कुखुरा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. १४ रक्सहवा स्थितबाट बरामद गरेको छ । त्यसैगरी दिउँसो १३:३० बजेको समयमा भारबाट अवैध रुपमा ल्याई राखेको २२ गोटा (४४ के.जी.) बोईलर कुखुरा पनि जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं.४ वैरिहवाबाट बरामद गरेको छ । बरामद कुखुरा आवश्यक कारबाहीको लागि आजै महेशपुर पशु क्वारेन्टाईन पठाईएको डिएसपी राजु लामाले जानकारी दिए ।
त्यसैगरी आजै दिउँसो २ बजेको समयमा भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ७५ हजार ५ सय मुल्य बराबरको चम्चा, टिफिन, ट्वाईलेट सिट लगायतका मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं.३ कुस्मा स्थितबाट बरामद गरेको लामाले बताए ।
त्यसैगरी दिउँसो १ बजेको समयमा भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ४० हजार मुल्य बराबरको ४ कार्टुन बिभिन्न मोवाईलका स्क्रिन ग्लास जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ४ बैरिहवा स्थितबाट बरामद गरेको छ ।
आजै अपरान्ह ४ वजे अवैध रुपमा भन्सार छली ल्याई वेवारिसे अवस्थामा राखेको ६९० के.जी. घाँसको बिउ ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले सुनवल नगरपालिका वडा नं. ७ ज्यामिरे स्थितबाट बरामद गरेको छ । आज बरामद सम्पुर्ण मालसामान आजै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको नवलपरासी पश्चिम प्रहरीले जनाएकाे छ ।
त्यसैगरी आजै साढे ४ वजेकाे समयमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी ३३ हजार ८ सय ९० मुल्य बराबरको चिनी, लेडिज कुर्ता सुरुवाल, थान कपडा लगायतका मालसामान प्रहरी चौकी भुजहवा बाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ गणेशपुरबाट बरामद गरेको छ । आज बरामद सम्पुर्ण मालसामान आजै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।