नवलपुर । पूर्वी नवलपरासीमा शनिवार विधुत्त आपुर्ति बन्द हुने भएको छ । विनयी त्रिवेणी गाउँपालिकाका छिटपुुट स्थान बाहेक जिल्लाभर नै विधुत्त सेवा अवरुद्ध हुने भएको नेपाल विधुत्त प्राधिकरण  कावासोती वितरण केन्द्रले जनाएको छ ।
विहान ९ वजेदेखि साँझ ५ वजेसम्म कावासोती १३२ के.भि (प्रगतिनगर) सबस्टेशनमा बुटवल ग्रीड महासाखाले Busbar Extension  तथा आईसोलेशन कार्यगर्नुपर्ने भएकाले विधुत्त आपूर्ति बन्द बन्द हुन लागेको केन्द्रले जनाएको छ ।
मर्मत कार्य अवधिमा प्रगतिनगर सबस्टेशन, कावासोती सबस्टेशन र मुकुन्दपुर सबस्टेशनबाट विधुत्त प्रसारण हुने सवै क्षेत्रमा विजुली आपुर्ति बन्द हुने छ ।
काम सम्पन्न भएमा तोकिएको समय अगावै विधुत्त सेवा सुचारु हुने समेत नेपाल विधुत्त प्राधिरकण कावासोती वितरण केन्द्रले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया