
गोविन्द घिमिरे
नवलपुर । नवलपुरमा स्कुल गेटले च्यापिएर एक बालिकाको मृत्युु भएको छ । कावासोती नगरपालिका वडा नं. ५ मा रहेको कालिका माविको गेटले च्यापिएर कक्षा ३ मा पढ्ने गमित्रा सिंजालीको मृत्यु भएको हो ।
खेल्ने क्रममा विद्यालयको गेट पल्टदा १० वर्षिया बालिका सिंजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप कुमार गिरीले उज्यालो खबरलाई जानकारी दिए । विध्यालयमा खेल्ने क्रममा गेट पल्ददा साे घटना भएको बुझिएको छ ।
स्कुल गेटले च्यापिएर कक्षा ४ मा पढ्ने वर्ष ९ का किस्मत ढकाल घाईते भएका छन । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।