नवलपुरमा साउन ८ देखि १२ गतेसम्म “जोन्सन एण्ड जोन्सन” खोप लगाईने
गाेविन्द घिमिरे
नवलपुर । नवलपरासी (पूर्व)मा अमेरिकाले उपलव्ध गराएको कोभिड -१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप साउन ८ देखि १२ गतेसम्म लगाईने भएको छ ।जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको आज बसेको बैठकले साउन ८ गतेदेखि १२ गतेसम्म खोप लगाउने निर्णय गरेको हो ।
स्वास्थ्य कार्यालय नवलपरासी(पूर्व)का प्रमुख केशव प्रसाद चापागाईले जिल्लाका स्थानीय तहहरुलाई ८ गतेदेखि १२ गतेको समयावधिभित्र खोप लगाउन आग्रह गरिएको बताउनु भयो ।जिल्लामा प्राप्त भएको १५ हजार ७० डोज खोप लक्षीत वर...


