नवलपुर । नवलपुर उद्योग संघले जिल्लाका उद्योगी व्यवसायीहरुलाई कोरोना भाईरस विरुद्धको खोप उपलव्ध गराउन माग गरेको छ ।
मुलुकको आर्थिक विकसको मुुख्य साझेदारका रुपमा रहेका उद्योगी व्यावसायीहरुलाई खोप उपलव्ध नभएको भन्दै संघले तत्काल खोपको ब्यवस्था मिलाउन आग्रह गरेको हो ।
आज एक विज्ञेप्ति जारी गर्दै संघले खोप लगाउने सन्र्दभमा जिल्लाका उद्योगी व्यावसायीहरुलाई प्राथमिकतामा नराखिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
जिल्ला अध्यक्ष कृष्ण प्रसाद गौतम द्धारा जारी विज्ञेप्तिमा खोपको दायरा बढाउन आग्रह गर्दै उद्योगी व्यवसायी सकारकार सँग गर्न समेत तयार रहेको प्रष्ट पारिएको छ ।

तपाईको प्रतिक्रिया