नवलपुर । नवलपरासी(पूर्व)का पाँच स्थानीय तहहरुमा भेरोसेल खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ । मध्यविन्दु नगरपालिका, बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिका बाहेक अन्य स्थानीय तहहरुमा भेरोसेल खोप लगाउने कार्यक्रम सम्पन्न भएको स्वास्थ्य कार्यालय नवलपरासी(पूर्व)ले जनाएको छ ।
कार्यालयका अनुसार हालसम्म जिल्लामा कुल १४ हजार १७७ जनाले भेरोसेल खोप लगाएका छन् ।कार्यालयका प्रमुख केशव चापागाईले गैँडाकोट नगरपालिकामा ३७७६, देवचुली नगरपालिकामा ३५८०, कावासोती नगरपालिकामा ३७६०, हुप्सेकोट गाउँपालिकामा ११६१ र विनयी त्रिवेणी गाउँपालिकामा १९०० जनाले खोप लगाएका छन् ।
खोप लगाउन बाँकि रहेका अन्य स्थानीय तहहरुमा सोमबार सम्ममा खोप लगाउने कार्यक्रम सम्पन्न हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

भेरोसेल खोप लगाएका स्थानीय तहहरु र संख्या

तपाईको प्रतिक्रिया