नवलपुरकाे देवचुलीमा मादक पदार्थ सेवन गरि ५ महिने बालिकाको हत्या
नवलपुर । पुर्वी नवलपरासी देवचुलीमा ५ महिने बालिकाको हत्या भएको छ । देवचुली-६ मिर्तुङ्गमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परि ५ महिने बालिकाको ज्यान गएको हो ।
नवलपुर प्रहरीका अनुसार शुक्रवार देवचुली-६ बस्ने कर्ण बहादुर सारुले मादक पदार्थ सेवन गरि आफ्नै मामा पदमबहादुर बार्हघरे सँग झगडा गर्ने क्रममा पदमबहादुरकी ५ महिनाकी छोरी धनमाया बार्हघरेलाई उचालेर घरको पिढीँमा फालेका थिए ।
पिढीँमा बजारिएर गम्भीर घाईते बालिकाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा...


