नवलपुर । पुर्वी नवलपरासी देवचुलीमा ५ महिने बालिकाको हत्या भएको छ । देवचुली-६ मिर्तुङ्गमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परि ५ महिने बालिकाको ज्यान गएको हो ।

नवलपुर प्रहरीका अनुसार शुक्रवार देवचुली-६ बस्ने कर्ण बहादुर सारुले मादक पदार्थ सेवन गरि आफ्नै मामा पदमबहादुर बार्हघरे सँग झगडा गर्ने क्रममा पदमबहादुरकी ५ महिनाकी छोरी धनमाया बार्हघरेलाई उचालेर घरको पिढीँमा फालेका थिए ।

पिढीँमा बजारिएर गम्भीर घाईते बालिकाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले बताए ।गिरीले कर्ण बहादुर सारुलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडी बढाईएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया