गैँडाकाेट । नवलपरासी(पूर्व)मा कोरोना संक्रमितको संख्या उच्चदरमा बढ्दै गएको पाइएको छ । स्वअनुशासन र मास्कको प्रभावकारी प्रयोग नहुँदा संक्रमितको संख्या बढ्दै गएको पाइएको हो । पछिल्लो २४ घण्टामा मात्रै नवलपरासी (पूर्व)मा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गैँडाकोटका १० जना, देवचुलीका १६ जना, कावासोतीका ३८ जना, मध्यविन्दुका ५ जना, विनयी त्रिवेणीका ५ जना, हुप्सेकोटका ३ जना र अन्य जिल्लाका २ जना गरि ७९ जनामा संक्रमण देखिएको हो ।   जिल्लामा अहिले पनि ६६२ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया