×

गोविन्द घिमिरे
नवलपुर । अमेरिकाले सहयोग स्वरुप उपलव्ध गराएको जोन्सन एण्ड जोन्सन खोप यसै साता नवलपुर आउने भएको छ । एक डोज मात्रै लगाएपुग्ने सो खोप यसैसाता जिल्लामा आउने स्वास्थ्य कार्यालय नवलपरासी(पूर्व)ले जनाएको छ ।
यसैसाता भित्र अमेरिकन खोप ”जोन्सन एण्ड जोन्सन” ल्याउने तयारी भैरहेको छ, कार्यालयका प्रमुख केशव प्रसाद चापागाईले भन्नुभयो : मौसम प्रतिकुल नभए  चाडै आउनेछ ।
उहाँका अनुसार जिल्लामा १५ हजार जोन्सन एण्ड जोन्सनको खोप आउनेछ । अमेरिकन सो खोप ५० देखि ५४ वर्ष उमेर समूह र वैदेशिक रोजगारीमा जाने तथा दिर्घ रोगी भएकाहरुलाई लगाउने तयारी छ ।
जिल्लामा ५० देखि ५४ वर्ष उमेर समूहका मानिसहरुको संख्या २० हजारको हाराहारीमा भएपनि यस अघि लगाइएका खोपहरुमा समेत सोहि उमेर समूहका मानिसहरु समेत समेटिएकोले सो खोपले लक्षीत समूहका मानिसहरुलाई लगाउने पुग्ने कार्यालयको अनुमान छ ।
एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको १५ लाख खोपको मात्रा असार २८ गते नेपाल आएको हो । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय अनुसार खोप आएको हो।

तपाईको प्रतिक्रिया