×

नवलपुर विशेष

‘विपत्तिले देश शोकमग्न छ, तीजमा तडकभडक नगरौं’ : गैंडाकोट नगरपालिका

‘विपत्तिले देश शोकमग्न छ, तीजमा तडकभडक नगरौं’ : गैंडाकोट नगरपालिका
गैंडाकोट- हालै आएको विनाशकारी बाढीको शोकलाई मध्यनजर गर्दै गैंडाकोट नगरपालिकाले यस वर्षको तीजमा कुनै पनि प्रकारको तडकभडक र सार्वजनिक कार्यक्रम नगर्न नगरवासीमा कडा आग्रह गरेको छ। गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति गरेको छ। देश नै यस्तो प्राकृतिक विपत्ति र शोकमा रहेको बेला चाडपर्वका नाममा तडकभडक गर्दा पीडित परिवारहरूमा अझ गहिरो मानसिक असर पर्न सक्ने भन्दै नगरपालिकाले यस्ता गतिविधि नगर्न ध्या...

विनयी त्रिवेणी गाउँपालिकाद्वारा बाढीप्रभावितका लागि ३२ लाख ३० हजार राहत घोषणा

विनयी त्रिवेणी गाउँपालिकाद्वारा बाढीप्रभावितका लागि ३२ लाख ३० हजार राहत घोषणा
नवलपुर- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार र पुनर्नस्थापनाका लागि विनयी त्रिवेणी गाउँपालिकाले रु. ३२ लाख ३० हजार राहत रकम उपलब्ध गराउने भएको छ। गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक एवम् कर्मचारीहरूका तर्फबाट एकमुष्ट सङ्कलन गरिएको सो रकम 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा जम्मा गरिने निर्णय भएको हो। गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत त्रिशूली र नारायण...

पारिजात आमा समूहको अनुकरणीय कार्य: घरदैलो गरी उठाइएको ५५,७७५ विपद् कोषमा

पारिजात आमा समूहको अनुकरणीय कार्य: घरदैलो गरी उठाइएको  ५५,७७५ विपद् कोषमा
गैँडाकोट। मुलुक प्राकृतिक विपत्तिको कठिन परिस्थितिबाट गुज्रिरहेका बेला नवलपुरको गैँडाकोट नगरपालिका वडा नम्बर ५ स्थित पारिजात आमा समूहले अनुकरणीय सामाजिक दायित्व निर्वाह गरेको छ। समूहले यस वर्ष कुनै पनि तीज गीत तथा औपचारिक सांस्कृतिक कार्यक्रम नगर्ने निर्णय गर्दै घरदैलोमार्फत सङ्कलित राहत रकम विपद् व्यवस्थापनका लागि हस्तान्तरण गरेको छ। आमा समूहकी अध्यक्ष तारा शर्माको नेतृत्वमा सञ्चालन गरिएको घरदैलो अभियानमार्फत स्थानीय बासिन्दाहरूले स्वेच्छाले सहयोग गरेको रु. ५५ हजार ७ सय ७५ ...

जयश्री फूड्सद्वारा बाढीपीडितका लागि २५ लाख नगद र ५ हजार किलो चिउरा सहयोग

जयश्री फूड्सद्वारा बाढीपीडितका लागि २५ लाख नगद र ५ हजार किलो चिउरा सहयोग
गैंडाकोट- देशका विभिन्न भागमा, विशेष गरी रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएका बेला नेपालको चर्चित खाद्य उद्योग जयश्री फूड्स प्राइभेट लिमिटेड पीडितहरूको मलम बन्न अघि सरेको छ। व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई सधैँ अग्रस्थानमा राख्दै आएको यस संस्थाले बाढी प्रभावितहरूका लागि २५ लाख रुपैयाँ नगद र ५ हजार किलोग्राम (केजी) चिउरा सहयोग उपलब्ध गराएको छ। कम्पनीका निर्देशक एवं समाजसेवी पवनकुमार अग्रवालले आफ्ना छोरा मुदित अग्रवालका साथ...

बाढीपछि दूषित पानी र मरेका माछा-मासु प्रयोग नगर्न बिनयी त्रिवेणी गाउँपालिकाको अनुरोध

बाढीपछि दूषित पानी र मरेका माछा-मासु प्रयोग नगर्न बिनयी त्रिवेणी गाउँपालिकाको अनुरोध
दुम्किबास-  हालै आएको विनाशकारी बाढीका कारण नदी तथा खोलाहरूमा मरेका माछा, पशुपन्छी र अन्य जीवजन्तु बगेर आई थुप्रिएकाले बिनयी त्रिवेणी गाउँपालिकाले सम्पूर्ण पालिकावासीहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। बाढीका कारण पानी र वातावरण गम्भीर रूपमा दूषित भई सरुवा रोग तथा संक्रमणको जोखिम बढेकाले स्थानीय प्रशासनले विशेष सजगता अपनाउन भनेको हो। गाउँ कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनामा बाढीले बगाएर ल्याएका वा नदी किनारमा मरेका माछा र पशुपन्छीको मासु कुनै पनि हालतमा उपभोग नग...

गैँडाकोट घटना: शिक्षक बखास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

गैँडाकोट घटना: शिक्षक बखास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
नवलपुर। गैँडाकोटमा पूर्वशिक्षकबाट विद्यार्थीमाथि भएको अमर्यादित घटनालाई लिएर सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विद्यालय प्रशासनले विज्ञप्ति जारी गर्दै सम्बन्धित शिक्षकलाई सेवाबाट निष्कासन गरिसकिएको र घटनामा संस्थाको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। विद्यालयका प्राचार्य भरतबाबु कँडेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उक्त घटना विद्यालय परिसर वा समयभित्र नभई शिक्षकको निजी समयमा, विद्यार्थीकै निवासमा होम ट्युसन पढाउने क्रममा घ...

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
आफ्नै १९ वर्षीया छोरीलाई डरधम्की दिएर जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले भरतपुरका एक ४५ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ। पीडित किशोरी स्वयंले जिल्ला प्रहरी कार्यालय चितवन पुगेर उजुरी दर्ता गराएपछि घटना सार्वजनिक भएको हो। प्रहरीका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा ती पुरुषका श्रीमती र छोरा जापानमा बस्दै आएका छन्। नेपालमा रहेकी छोरीको स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउने भनि उनी करिब ८ महिनाअघि नेपाल फर्किएका थिए। केही समयपछि पुनः जापान फर्कने तयारीमा रहेका उनी ...

गैंडाकोट ५ को वडा कार्यालय भवनको नगर प्रमुख अधिकारीद्वारा शिलान्यास

गैंडाकोट ५ को वडा कार्यालय भवनको नगर प्रमुख अधिकारीद्वारा शिलान्यास
गैंडाकोट। गैंडाकोट नगरपालिका वडा नं. ५ को नयाँ प्रशासनिक भवन निर्माण कार्यको औपचारिक सुरुवात भएको छ। गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले आज बिहान एक विशेष समारोहका बिच भवनको शिलान्यास गर्नुभएको हो। नगर कार्यपालिकाको कार्यालयले प्रकाशित गरेको आयोजना सूचना पाटी अनुसार 'गैंडाकोट नगरपालिका वडा नं. ५ को कार्यालय भवन निर्माण' शीर्षकमा यो योजना अघि बढाइएको छ। यस आयोजनाको ठेक्का नं. 17/GM/NCB/2082-83 रहेको छ। भवन निर्माणको जिम्मेवारी काठमाडौँको सिनामंगलस्थित सूर्योदय ...

गैँडाकोटमा जङ्गलमा हराएका साढे दुई वर्षीय सिवान ५० घण्टापछि फेला

गैँडाकोटमा जङ्गलमा हराएका साढे दुई वर्षीय सिवान ५० घण्टापछि फेला
गैँडाकोट। नवलपुरको गैँडाकोट नगरपालिका–१४, माथिल्लो भागरस्थित मामाघरबाट जङ्गलतर्फ गएर बेपत्ता भएका साढे दुई वर्षीय बालक सिवान तामाङ ५० घण्टापछि (बिहीबार बिहान पौने १० बजे) सकुशल भेटिएका छन्। दुई रातसम्म जङ्गलमै बिताएका बालकलाई घरबाट करिब चार किलोमिटर टाढा रहेको ‘चिहानखोला’ को बाझको रुखभन्दा केही माथि रोइरहेको अवस्थामा फेला पारिएको हो। मङ्गलबार बिहान ७ बजे हजुरआमा यामकुमारी आले मगर च्याउ खोज्न शङ्खदेवी सामुदायिक वनतर्फ गएपछि बालक उनकै पछाडि लागेका थिए। बालक बेपत्ता भएलगत्तै खट...