गैडाकोटमा हजुरआमाको पछि लागेर जंगल गएका साढे २ वर्षका बालक वेपत्ता
नवलपुर : गैडाकोट नगरपालिकामा साढे २ वर्षका एक अबोध बालक जंगलबाट वेपत्ता भएका छन्। गैडाकोट–१४, माथिल्लो भागरस्थित मामाघरमा बस्दै आएका साढे २ वर्षका सिवान तामाङ मंगलवार बिहान ७ बजेदेखि वेपत्ता भएका हुन्।
हजुरआमा यामकुमारी आले मगरसँगै बस्दै आएका बालक, हजुरआमा च्याउ खोज्न स्थानीय शंखदेवी सामुदायिक वन गएको केही समयपछि उहाँलाई पिछा गर्दै जंगलतर्फ गएको स्थानीयले बताएका छन्। हजुरआमालाई पछ्याउने क्रममा उनले बाटो बिराएको आशंका गरिएको छ।
शंखदेवी सामुदायिक वनका कार्यालय सचिव जवारी ...


