×

नवलपुर विशेष

फेरिंदै छ चोला, हुप्सेकोटको झरना खोला

फेरिंदै छ चोला, हुप्सेकोटको झरना खोला
सालिकराम कोइराला नवलपुर (हुप्सेकोट) ।  वरिपरि शुन्दर हरियाली। बिचमा खोंच र कलकल बगेको झरना। वन पाखामा चरा चुरूङ्गीको चिरबिर चिरबिर। तल समथर फाँट र माथी महाभारत पहाडको श्रृङ्खला। बारीमा कोदो र जुनेलो । कान्लामा बेसार र आलिमा भटमास। झरना नजिकै सानो फुर्के फाँट। त्यहि फाँटमा कौरा नाचेर औधि रमाइलो गर्दै थिए मगरनी ठिटी पर्यटकका माझ। संसारभर ४३औं विश्व पर्यटन दिवस मनाईरहँदा हुप्सेकोट ४ झरना खोलामा पनि उधुम रमाइलो थियो।  "हाहा ‍‍.....बाटोमा घाटो चण्डि माटो, यसै गाउँको देउ देउत...

“गैँडाकोट दशै रमाइलो मेला २०७९” भोलिदेखि सुरु हुने

“गैँडाकोट दशै रमाइलो मेला २०७९” भोलिदेखि सुरु हुने
गैँडाकोट । नेपालीहरको महानपर्व विजयादशमीको अवसरमा पूर्वि नवलपरासीको गैँडाकोटमा भोलिदेखि “गैँडाकोट दशै रमाइलो मेला २०७९” सुरु हुने भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ स्थित जनक नमुना माविको पछाडि रहेको खाली चौरमा दशै मेलाको आयोजना गरिएको हो । प्रभात समाज कल्याण केन्द्र नेपाल गैँडाकोट ५ ले आयोजना गरेको गैँडाकोट दशै रमाइलो मेला २०७९को भोलि मध्यान १२ वजे गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले समुद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक प्रभात समाज कल्याण केन्द्र नेपालका ...

पर्यटकीय स्थल चिनारी : नवलपुरका प्रमुख ५ धार्मिक पर्यटकीय गन्तव्य

पर्यटकीय स्थल चिनारी : नवलपुरका प्रमुख ५ धार्मिक पर्यटकीय गन्तव्य
नवलपुर । पूर्व पश्चिम राजमार्गको मध्यभागमा पर्ने नवलपरासी (बर्दघाट सुस्तापूर्व)  पर्यटकीय गन्तव्यका लागि सम्भावनाको जिल्ला हो । गण्डकी प्रदेशअन्तर्गत पर्ने नवलपुर भौगोलिकरुपमा तराई, भित्री मधेस र पहाड गरी तीनतले जिल्लाका रुपमा समेत चिनिन्छ । प्राकृतिकसँगै धार्मिक पर्यटकीयस्थल जिल्लाको चिनारीका रुपमा रहेका छन् । जहाँ बर्सेनि हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । जिल्लामा रहेका धार्मिकस्थल प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिएका छन् । धार्मिक पर्यटकका ला...

एकैदिन डेंगुबाट १ हजार ५१ जना संक्रमित, मृत्यु हुनेको संख्या ३२ पुग्‍यो

एकैदिन डेंगुबाट १ हजार ५१ जना संक्रमित, मृत्यु हुनेको संख्या ३२ पुग्‍यो
काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो । अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु संक्रमण भएको छ ।त्यसैगरी लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८...

प्रशासनले रोक लगाएपछि “गैँडाकोट दशै रमाइलो मेला २०७९” अन्यौलमा

प्रशासनले रोक लगाएपछि “गैँडाकोट दशै रमाइलो मेला २०७९” अन्यौलमा
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा असोज ९ गते देखि सुरु गर्ने भनिएको गैँडाकोट दशै रमाइलो मेला २०७९ सञ्चालन गर्न प्रशासनले रोक लगाएपछि मेला सुरु हुने या नहुने बारे अन्यौलता देखिएको छ । प्रभात समाज कल्याण केन्द्र नेपाल गैँडाकोट ५ ले जनक नमुना माविको खेल मैदानमा गैँडाकोट दशै रमाइलो मेला २०७९को आयोजना गर्ने भन्दै स्टल निर्माण गेट तथा मञ्च बनाउने काम गरेपनि अनुमति नलिईकन काम अगाडी बढाएपछि प्रशासनले रोक लगाएको हो । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्रशासन सँग अन...

एकैदिन डेंगुबाट १ हजार ५०४ जना संक्रमित

एकैदिन डेंगुबाट १ हजार ५०४ जना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार पाँच सयभन्दा बढी संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ । शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो । अहिलेसम्म डेंगु संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजारमा डेंगु संक्रमण भएको छ । त्यसैगरी, लुम्बिनी प्रदेशमा दुई हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७,...

असोज ९ देखि हुने भनिएको “गैँडाकोट दशै रमाइलो मेला २०७९” प्रशासनद्धारा रोक

असोज ९ देखि हुने भनिएको “गैँडाकोट दशै रमाइलो मेला २०७९” प्रशासनद्धारा रोक
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा असोज ९ गते देखि सुरु गने भनिएको गैँडाकोट दशै रमाइलो मेला २०७९ सञ्चालन गर्न प्रशासनले रोक लगाएको छ ।प्रभात समाज कल्याण केन्द्र नेपाल गैँडाकोट ५ ले जनक नमुना माविको खेल मैदानमा गैँडाकोट दशै रमाइलो मेला २०७९को आयोजना गर्ने भन्दै स्टल निर्माण तथा मञ्च बनाउने काम गरेपछि प्रशासनले मेला नर्गन भनेको हो । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्रशासन सँग अनुमति नलिएको तथा स्थानीयहरुको गुनासो आएपछि भोलिदेखि गर्न लागिएको दशैमेला सञ्चालन ...

गैँडाकाेटमा ५२ जनाद्धारा रक्तदान

गैँडाकाेटमा ५२ जनाद्धारा रक्तदान
गैंडाकोट। नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाको आयोजनामा शुक्रबार एसपीएम कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कुल ५२ युनिट रगत संकलन भएको छ । नवलपुर र चितवन जिल्लामा रगत अभाव न्यूनीकरण गर्न सो कार्यक्रमको आयोजना गरिएको अयोजककाे भनाइ छ । गैंडाकोट वडा नम्बर २ का सन्तोष वाग्लेले १०८ पटक रक्तदान गरि उद्घाटन भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य पुर्णप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

गुणस्तरमा अब्बल “आक्वा पीयूष” सफलताको १३ औँ वर्षमा प्रवेश

गुणस्तरमा अब्बल “आक्वा पीयूष” सफलताको १३ औँ वर्षमा प्रवेश
गैँडाकोट। १२ वर्षअघिदेखी पूर्वी नवलपरासीको गैँडाकोटबाट शुद्ध पिउने पानी उपलव्ध गराउदै आएको आक्वा पीयूषले आफ्नो गुणस्तरलाई बृद्धि गर्दै लगेको छ ।सुमन मिनिरल वाटर एण्ड वेभरेज उद्योगका प्रवन्धक सोम प्रसाद काप्रीले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै आफ्नो उद्योगले आक्वा पीयूषको गुणस्तरलाई बढाउदै लगेको बताउनुभयो । उपभोक्ताहरुको स्वास्थ्यलाई ख्याल गर्दै आक्वा पीयूषले म्याग्नेसियम, पोटासियम जस्ता मिनिरल्सहरु थप गरेको छ उहाँले भन्नुभयाे - अत्याधुनिक प्रविधी साथै स्वाचालित मेसि...