नवलपुर  । संविधान रक्षाको निम्ति गठबन्धनको आवश्यकता परेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा . मिनेन्द्र रिजालले आज अरूणखोलामा भएको एक कार्यक्रममा बताउनु भएको छ ।

लोकतान्त्रिक वाम गठबन्धन, निर्वाचन परिचालन समिति नवलपुर क्षेत्र नं. २ को आयोजनामा प्रशिक्षण कार्यक्रममा भएको थियो । कार्यक्रममा रिजालले ओलीले दुई दुई पटक संसद विघटन गरेको कारण हामीहरू एक हुनु परेको बताउनुभयो ।संविधान जोगाउन सरकारमा पनि एक भयौं र चुनावमा पनि एक भएका छौं र भोलिको दिनमा पनि सरकारमा एक हुने जनाएका छन् ।

त्यसैगरी सोही कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा केन्द्रीय सचिव दिनानाथ शर्माले बिना हिचकाचाहट सबैले गठबन्धनमा मतदान गर्नु हुन अनुरोध पनि गर्नु भएको थियो ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)  का केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठले नेपाली जनताको समृद्धिका लागि आफूहरू एक हुनपरेको बताउनुभयो ।

सोही प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य किशन शर्मा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सालिकराम सापकोटा, प्रतिनिधि सभा क्षेत्र नंस २ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार विण्णु कार्की, २ “क”का उम्मेद्वार सोम सिर्पाली, २ “ख”का उम्मेद्वार डा गोपाल खनाल, माओवादी केन्द्रबाट प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वार तारादेवि कुमालले लगायतले मन्तव्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया