
गैँडाकाेट । गैंडाकोट इंगलिस स्कुलमा तिन बर्से कार्यकालको लागि शिक्षक अभिभाबक संघ गठन भएको छ। शनिबार विद्यालयको सभाहलमा सम्पन्न अभिभाबकहरुको बैठकले ध्रुब प्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
११ सदस्यीय कार्यसमितिकाे सदस्यहरुमा रमेश काफ्ले, शारदा अधिकारी , शिबजंग श्रेष्ठ, बिष्णु अर्याल, मुना श्रेष्ठ, राम प्रसाद शर्मा, फ्रान्सिना थापा र राजेन्द्र पौडेल, विद्यालयका प्राचार्य सदस्यसचिव तथा शिक्षक प्रतिनिधिका रुपमा कमला गुरुङ चयन हुनु भएको छ।
साे अवसरमा शिक्षक अभिभाबक संघका निबर्तमान अध्यक्ष मिलिना अर्याल, भुमिश्वर शर्मा र सिर्जना शर्मा रहेकाे शिक्षक अभिभाबक संघ सल्लाहकार सिमिति गठन गरिएकाे विद्यालयका प्रचार्य हिरालाल अर्यालले जानकारी दिनुभयाे ।
विद्यालयले शिक्षक अभिभाबक संघ गठनको एक एजेण्डा राखी कक्षागत रुपमा अभिभाबकहरुको भेला गरि समितिमा रहन इच्छुक ५१ जना अभिभाबकहरुलाई प्रतिनिधिको रुपमा छनौट गरेको थियो। शिक्षक अभिभाबक संघको गठन पूर्व विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेमनारायण भण्डारीको संयोजकत्वमा ब्यबस्थापन समितिको बैठक बसी कमल सुबेदीको संयोजकत्वमा नेत्र नारायण सिग्देल र कृष्ण प्रसाद कोइराला सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो।
कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेमनारायण भण्डारी, निर्वाचन मण्डलका अध्यक्ष कमल सुबेदी तथा विद्यालयका प्राचार्य हिरालाल अर्यालले नबनिर्बाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो। उक्त अबसरमा नबनिर्बाचित अध्यक्ष अधिकारीले प्राप्त अबसरलाई विद्यालय तथा अभिभाबक बिचको सम्बन्ध सेतुको रुपमा काम गर्ने बताउनु भयो।