गैँडाकाेटमा पिङ हाल्न वडाले दियाे अनुदान !
नवलपुर । दशैं र पिङ एकअर्कामा पर्यावाची जस्तै बनेका छन् । दशैंमा टीकाको दिन भुइँ छोड्नुपर्ने ( पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्व छ ।पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–३ ले आफ्नो वडामा पिङ बनाउन प्रोत्साहन गर्दै प्रतिपिङ पाँच हजार दिने निर्णय गरेको छ ।
‘दशैं तिहारमा पिङ राख्नु खेल्नु परम्परा नै हो तर, पछिल्लो सम...
