जेरीले फुकाइन् वेदनाको पोकोः श्रीमानको हिंसा र परस्त्रीगमनले डिभोर्समा पुर्यायो
काठमाडौं । लोकप्रिय दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ ले श्रीमान शंकर क्षेत्रीसँग छुट्टिनुको कारणबारे वेदनापूर्ण बयान दिएकी छन् । एक अन्तर्वार्तामा उनले आफूलाई शंकरले विवाहदेखि नै शारीरिक र मानसिक यातना दिएको सुनाइन् ।
युट्युब च्यानल लालीगुराँस डटकमका लागि कमल सरगमलाई दिएको भावुक अन्तर्वार्तामा उनले वैवाहिक जीवन सुरुदेखि नै तिक्ततापूर्ण रहेको खुलासा गरिन् । जेरीका अनुसार शंकरले बिहेको १४ दिनदेखि नै उनलाई घाइते हुने गरी पटक–पटक शारीरिक यातना दिन सुरु गरेका थिए । आफ्नो चरित...


