×

नवलपुर विशेष

नवलपुरमा सशांक सँग भिड्ने एमालेका जबरजस्त नेता कृष्ण पौडेल को हुन ?

नवलपुरमा सशांक सँग भिड्ने एमालेका जबरजस्त नेता कृष्ण पौडेल को हुन ?
यतिबेला देश आगामी मंसिर ४ गते हुने प्रदेश तथा स्थानीय तहको निर्वाचनले तातेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको राज्यव्यवस्था सञ्चालनका लागी दोस्रो पटक देशमा निर्वाचन हुदैछ । २०७२ सालमा संविधान सभा बाट नेपालको संविधान जारी भए सँगै देशले मूल कानून संविधान पाएको छ र सोहि व्यवस्थालाइ संस्थागत गर्दे समाजवाद तर्फ देश उन्मुख भइरहेको वर्तमान अवस्थालाइ अघि बढाउदै मुलुक निर्वाचनका लागी अघि बढिरहेको छ । बर्तमान अवस्थामा नेपाली राजनैतिक दल , स्वतन्त्र उम्मेदवारहरु चुनावी मै...

सशांक कोइराला फेरी नवलपुरबाटै चुनाव लड्ने

सशांक कोइराला फेरी नवलपुरबाटै चुनाव लड्ने
गैँडाकोट । मंसिर ४ गते हुने निर्वाचनमा नवलपुर क्षेत्र नं. १ बाट नेपाली काँग्रेसले डा. शसाकं कोइरालालाई उमेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसले कोइरालालाई प्रतिनिधि सभाको उमेदवार बनाउने निर्णय गरेको हो । नवलपुर क्षेत्र नं. १ बाट यसअघि लगातार चुनाव जित्दै आएका विपी पुत्र कोइरालालाई यो पटक पनि काँग्रेसले अवसर दिएको हो । उमेदवारी मनोनयन गर्न भोलि विहान डा. कोईराला नवलपुर आउन लागेको स्रोतले उज्यालो खबरलाई बतायो ।

गण्डकीमा एमालेको उम्मेदवार टुंगियो, पृथ्वीसुब्बालाई संघकै टिकट (सूचीसहित)

गण्डकीमा एमालेको उम्मेदवार टुंगियो, पृथ्वीसुब्बालाई संघकै टिकट (सूचीसहित)
काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशको उम्मेदवार पनि टुंग्याएको छ । तालमेल भएमा तनहुँ–१ छोड्ने गरी १० वटै जिल्लाको उम्मेदवार टुंग्याएको एमाले स्रोतले जनाएको छ । तर तालमेल नभएमा अथवा अन्य प्रदेशको क्षेत्रमा सहमति जुटेमा तनहुँ–१ बाट एकबहादुर राना प्रतिनिधिसभाको उम्मेदवार हुनेछन् । एमालेले तनहुँ–२ को उम्मेदवार पनि टुंग्याएको छ । केदार सिग्देललाई प्रदेशसभामा टिकट दिएर यो क्षेत्रबाट किरण गुरुङलाई प्रतिनिधिसभाको उम्मेदवार बनाइएको छ । सिग्देलले पनि प्रतिनिधिसभाकै उम्मेदवार बन्न...

नारायणी नदीले फेरि खतराको तह पार गर्‍यो, पुल क्षेत्रमा १२ मिटर पुग्यो

नारायणी नदीले फेरि खतराको तह पार गर्‍यो, पुल क्षेत्रमा १२ मिटर पुग्यो
गैँडाकाेट। नारायणी नदीले फेरि खतराको तह पार गरेको छ ।विहान घट्दो अवस्थामा रहेको नारायणी विहान ११ः५० बजेको समयमा फेरि खतराको तह पार गरेको छ । देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ ।यस्तै नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धरै पानीको सतह १२ मिटर पुगेको छ ।

नवलपुरकाे विनयी त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट

नवलपुरकाे विनयी त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन्।मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए। अहिले पनि डुबान क्षेत्रका मानिसहरु आफ्नै घरमा रहेका र उनीहरुलाई उद्धार गर्न नसकिएको अध्यक्ष गिरीले बताए। ‘पशुचौपाया र घरका सामानसहित बगुवनका स्थानीय डुबान क्षेत्रको उच्च भागमा बसेका छन्, उद्...

 सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

 सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ
काठमाडौं । क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले बताए । आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौं ...

नारायणीको बाढीले सतर्कताको तह नाघ्यो

नारायणीको बाढीले सतर्कताको तह नाघ्यो
गैँडाकाेट । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ ।जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ६ः२० बजे दिएको जानकारी देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको हो । नारायणी जलाधार क्षेत्रमा थप वर्षा भइरहेको र जल सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा जोखिमको सम्भावना रहेको छ ।चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन बाढी सूचना केन्द्रले जनाएको छ । अविरल वर...

आज विजया दशमी, टीकाको उत्तम साइत ११ :५१ बजे

आज विजया दशमी, टीकाको उत्तम साइत ११ :५१ बजे
काठमाडौं । बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । ‘राज्य सञ्चालकले सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त...

नारायणगढ आउँदै गरेकाे बस नवलपुरकाे लाेकाहामा दुर्घटना

नारायणगढ आउँदै गरेकाे बस नवलपुरकाे लाेकाहामा दुर्घटना
कावासोती । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली –१५,मा यात्रु बाहक वर्ष दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट नारायणगढका लागि छुटेको ना ८ ख २५३८ नम्बरको बस अनियन्त्रीत भएर पल्टिँदा दुई जना घाइेत भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो । बसमा चालक ,सहचालक सहित ७ जना सवार रहेकोमा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा काठमाण्डौं नागार्जुन –७ ,बस्ने २१ वर्षीय रिपा खनाल र पश्चिम नवलपरासी सुनवल–१३ ,बस्ने २५ वर्षीय विन्दु ...