अफवाहप्रति भ्रमित नहुनुस, मेराे जित पक्का छ : स्वतन्त्र उम्मेदवार चित्रध्वज जि.सी
गैँडाकोट । नवलपुर प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार चित्र ध्वज जि.सी ले आफ्नो उम्मेदवारीप्रति फैलाइएको अफवाहप्रति आपत्ति जनाउनुभएको छ । बिहीबार गैँडाकोट रिसोर्टमा पत्रकार सम्मेलन गर्दै उहाँले मतदाता समक्ष अन्य दल तथा उम्मेदवारले फैलाइएको अफवाहप्रति आपत्ति जनाउनुभएको हो ।
अन्य दल तथा उम्मेदवारले आफ्नो जित हुने पक्का देखेपछि डरले अफवाह फैलाएको उहाँको भनाई थियो । आफ्नो उम्मेदवारी निष्क्रिय पारेको, स्वतन्त्र भनेको दल र चुनाव चिन्ह भनेको अन्य रहेको जस्त...


