गैँडाकाेट  । नवलपुरको गैँडाकोटमा काँग्रेस र माओवादी केन्द्र परित्याग गरि ४० जना कार्यकता नेकपा एमालेमा प्रवेश गरेका छन् ।गैँडाकोट नगरपालिका वडा नं. ४ मा भएको पार्टी प्रवेश कार्यक्रममा काँग्रेस र माओवादी केन्द्र परित्याग गरेर ४० जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा बलप्रसाद आले,खिमबहादुर सिंजाली,यम बहादुर सिंजाली ,तिलक बहादुर सारु ,केशव गौडेल ,अमृत पौडेल
दिपक खण्डलुक ,गजेन्द्र सारु ,घनशयाम राना ,काल बहादुर बिरकट्टा मगर,लक्ष्मण परियार लगायत रहेकाे नेकपा एमालेका नगर कोषाध्यक्ष श्रीराम सुवेदीले बताउनुभयो ।

नेकपा एमाले गैँडाकोटका अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य तथा नवलपुर निर्वाचन क्षेत्र नं. १ (क) का प्रदेश उम्मेदवार रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सल्लाहकार समिति सदस्य दिपक अधिकारी, प्रदेश कमिटि सचिवालय सदस्य गोपेन्द्र केशरी न्यौपाने, जिल्ला सदस्य ज्ञानहरी पौडेल लगायतले मन्तव्य राख्नुभएको थियाे ।

तपाईको प्रतिक्रिया