नारायण शर्मा

नवलपरासी ।  पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसवाट प्रतिनिधिसभामा उम्मेदवार बनेका बिनोद चौधरीलाई हराउन लुम्विनी प्रदेशका कांग्रेस महामन्त्री सकृय रहेको तथ्य बाहिरिएको छ ।चौधरी उम्मेदवार रहेकै क्षेत्रका बासिन्दा तथा कांग्रेस लुम्वनी प्रदेशका महामन्त्री बिक्रम खनालले चौधरीलाई हराउन आफना कार्यकर्तासंग गरेको गोप्य कुराकानी ( अडियो) बाहिरीएपछि त्यो भाइरल भएको छ ।

खनालले आफनो घरमै ( पन्चनगर स्थित घरमा) कांग्रेसका नेताहरुलाई बोलाएर चौधरीलाई हराउन उर्दी जारी गरेको सुनिन्छ । खनालले भनेका छन यहाको राजनितिमा कुनै योगदाननै नभएका मान्छे आएका छन । चौधरीलाई ठेगान लगाउन (हराउन) अन्य उम्मेदवारलाई मत दिन आदेश गरेको अडियोमा प्रस्ट सुनिन्छ ।

चौधरीले अहिलेको पटक आफै उम्मेदवार बनेको र अर्को अर्को चुनाबमा छोरा र नातीलाई उम्मेदवार बनाउने भनेर कार्यकर्तालाई सुनाएका छन । त्यसो भएकाले यसै पटक चौधरीलाइ ठेगान लगाउन ( हराउन) खनालले निर्देशन दिएका छन । यस्लाई ठेगान लगाउन अजय शाहि ( माछा चुनाब चिन्ह लिएका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार ) र घण्टीमा भोट खसाल्न निर्देशन गरेका छन । उनले चौधरीको कम्पीटिशनमा रहेका उम्मेदवारलाई नाम नलिइकन भोट दिन भनेका छन । उस्को नजिक नजिक आउनेलाई भोट दिएपछि उ सकिन्छ खनालले भनेका छन ।
कार्यकर्तासंग बोल्दैगर्दा कुनै साथीले यो कुराकानी बाहिर नलैजानु भनेर पनि खनालले कार्यकर्तालाई निर्देशन पनि दिएका छन ।
कांग्रेसवाट उम्मेदवार रहेका चौधरीले गत बजेट भाषणको अघिल्लो रात उहि गएर अर्थमन्त्रालयमा आफना मान्छे पठाएर अर्बौ अर्ब राजश्व हिनामिना पारेर आफनो पक्षमा बजेट पारेको कार्यकर्तालाई खनालले सुनाएका छन ।

खनालले कार्यकर्तासंग चौधरीले इलेक्ट्रिक गाडिमा कर सस्तो बनँएर आफुले अर्बौ कमाएको भनेका छन । अब त झन अर्थमन्त्री हुन्छ र देश टाट पल्टाएर श्रीलंका बनाउछन खनालले भनेका छन । यस्तो सुनाउदा कार्यकर्ताको मनोभाव चौधरीका बिरुद्धमा बलियो बनाउन सकिने खनालको बुझाई रहेको मान्न सकिन्छ ।

खनालले चौधरीको राष्ट्रवादी चिन्तननै नभएको चर्चा गर्दै बिनोद चौधरी र उमेश श्रेष्ठ जस्ता ब्यापारी पृष्ठभूमिका मान्छेलाई जिताउनै नहुने तर्क गरेका छन ।आरजु देउवासंग नजिक रहेको दम्भ चौधरीले देखाएका कारण चौधरीलाई यसैपटक पत्तासाफ गर्न पर्ने खनालले कार्यकर्ता समक्ष उर्दी जारी गरेको अडियोमा सुनिन्छ ।

भोट खसाल्ने दिन पहिलो ( प्रत्यक्ष तर्फको प्रतिनिधि सभाको ) मतपत्रमा छाप नहानी मतपत्र नखसाली पटयाएर बाकसमा त्यसै खसाल्न र दोश्राे तेश्रो र चौथो मतपत्रमा रुखमा भोट खसाल्न निर्देशन दिएका छन । खनालले चौधरी राष्ट्रवादी र नेपाली नै नभएको पनि आरोप लगाएका छन ।
यस्लाई हराउनै पर्छ खनालले कार्यकर्तासंग भनेका छन ( हराउदा) त्यसो गर्दा शेरबहादुरले कारबाहि गरेछ भनेपनि आफु सहन तैयार रहेको र त्यस्तो कारबाहिको प्रतिकार गर्ने चेतावनी दिएका छन । लुम्वीनी प्रदेशमा वडा देखि माथि सम्म मेरै बहुमत छ कतिजनालाई कारबाहि गर्न सक्छ र भनेर उनले देउवालाई प्रश्न गरेका छन ।

२०७० सालमा संबिधान सभासदस्यमा यहि क्षेत्रवाट निर्वाचित भएका खनाल यस पटक त्यहावाट ( पश्चिम नवलपरासी क्षेत्र नम्बर १ )वाट आफै निर्वाचन लडन चाहान्थे । चौधरीले टिकट ल्याएपछि निस्कृय देखिएका खनाल स्थानिय तहमा लोकप्रीय नेता मानिन्छन । उनले आफनो निर्वाचन क्षेत्रका बर्दघाट, सुस्ता र प्रतापपुर गाउपालिकामा प्रमुख सहित बहुमतमा कांग्रेसलाई बिजयी गराएका हुन ।

चौधरीको निर्वाचन अभियानमा कहिकतै नदेखिएका खनालले कार्यकर्तासंग उम्मेदवार रहेका चौधरीले स्थानिय तहमा ( लोकल लेबल) समन्वय नै नगरेको आरोप लगाउदै आएका छन ।उनले घरमै बोलाएर कार्यकर्तालाई निर्देशन दिएको भनिएको अडियो बाहिरीएपछि यो भाइरल भएको छ ।

 

तपाईको प्रतिक्रिया