गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा ४० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं. ४ स्थित निर्वाचन परिचालन तथा प्रचारप्रसार सम्पर्क कार्यालयमा आयोजित एक कार्यक्रममा २७ जना नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले गैँडाकोट नगर कमिटीले जनाएको छ ।

एमाले गैँडाकोट नगर कमिटिका अध्यक्ष षडानन्द लामिछानेले काँग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरि उनिहरु एमालेमा समाहित भएको जानकारी दिनुभयो ।

विनिता बोहोरा, लक्ष्मी गहतराज, बसन्ती कुमाल , पूर्ण पुलामी,लोक बहादुर दिस्वा, तुलसीमाया थापा, भिमबहादुर सारु, नितु श्रेष्ठ , सिता थापा, हिरा थापा, तिलिमाया रेश्मी र पूर्ण बहादुर थापा लगायत रहेका छन् ।

तपाईको प्रतिक्रिया