नवलपुर । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपुर जिल्लामा खटाईने कर्मचारीहरूको नामावली प्रकाशन गरिएको छ।मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपुरले आज जिल्लाका विभिन्‍न मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य सहायक कर्मचारीहरुको नामावली प्रकाशन गरेको हो।

तोकिएका मतदानस्थलमध्ये १३ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् ।जिल्लामा एक सय १३ वटा मतदानस्थलमध्ये १३ वटा अतिसंवेदनशील, ३७ संवेदनशील र ६३ वटा सामान्यको सूचीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको पहुँचका आधारमा मतदानस्थललाई वर्गीकरण गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले बताए ।

 

तपाईको प्रतिक्रिया