×

नवलपुर विशेष

नवलपुर बस दुर्घटना : पाँच मृतकको सनाखत

नवलपुर बस दुर्घटना : पाँच मृतकको सनाखत
गैँडाकोट ।पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ ।पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामनाका जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरको बुलिङटारमा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा रम्भा गाउँपालिका-१ का ४१ वर्षीय तारा बिक, १७ वर्षीय बिनय बिक, ६२ वर्षीया धनी बिक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् । उनीहरू सबैको घटनास्थ...

नवलपुरको बुलिङटारमा बस दुर्घटना ५ जनाको मृत्यु , २५ घाइते

नवलपुरको बुलिङटारमा बस दुर्घटना ५ जनाको मृत्यु , २५ घाइते
गैँडाकोट । पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जान आउदै गरेको बस नवलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनमा परि २५ जना घाईते भएका छन् । मनकामना दर्शनका लागि जान आउँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार गाउपालिका वडा नं. २ मथारमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको बुलिङटार प्रहरीले जनाएको छ । विहान ४ वजे भएको दुर्घटनाका घाइतेहरुलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको छ । घटनाका सम्वन्धमा थप विवरण आउन बाकि छ ।

जेलबाट छुटेकाे एक महिनामै गैडाकोटका युवाले गरे फेरि साथीको हत्या

जेलबाट छुटेकाे एक महिनामै गैडाकोटका युवाले गरे फेरि साथीको हत्या
गैँडाकोट । १० वर्षअघि आफ्नै हजुरआमा र काकीको हत्या गरि जेल सँजाय भोगेर गत महिना मात्रै कारागारबाट निस्केका गैँडाकोटका एक युवकले फेरि आफ्नै साथीको हत्या गरेका छन् ।गैँडाकोट नगरपालिका वडा नं. ७ टोलटोले स्थायी घर भएका ३४ वर्षका शुरेस कुमालले चितवनको माडी नगरपालिका वडा नं. ४ सितलपुरका ३४ वर्षका जिवन नेपालीको गएराति हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विगत २ महिनादेखि नेपालीको घरमा बस्दै आएका कुमालले राति घरमा कोहिपनि नभएको मौका छोपेर जिवनको हत्या गरेका हुन् ।...

राष्ट्रपति र प्रधानमन्त्री दुवैले मनाउनु भएन तिहार

राष्ट्रपति र प्रधानमन्त्री दुवैले मनाउनु भएन तिहार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएन । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै हुनुहुन्छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यस वर्षको भाइटीका लगाउनु भएन । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटीका नलगाउनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्रीका भाइ ...

आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे

आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे
काठमाडौं ।   प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका ल...

नारायणगढमा सयपत्री मालामा ब्रह्मलुट, एउटै मालाको ३५० रुपैया

नारायणगढमा सयपत्री मालामा ब्रह्मलुट, एउटै मालाको ३५० रुपैया
चितवन । भाईटिकाकाे अघिल्लो साँझ नारायणगढमा सयपत्री मालामा विचौलियाहरुले चर्को मुल्य असुलेका छन् । नारायणगढको लायन्सचोकमा बसेर सयपत्रीको माला बेच्दै विचौलीयाहरुले प्रतिमाला रु ३५० असुलेका हुन् ।बजारमा फुलको अभाव भएको र भारतबाट माला ल्याउनुपरेको भन्दै उनिहरुले एउटा मालाको ३५० रुपैँया असुलेको गैँडाकोटका रविन्द्र पौडेलले बताए । चितवनमा सयपत्रीको व्यवसाय गरिरेहेका व्यवसायीहरुले केहिदिन अघि पत्रकार सम्मेलन गर्दे एउटा मालाको मुल्य रु १०० कायम गरेपनि विचौलीयाहरुले चर्को मुल्य लिइर...

चितवनमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवनमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवन । पूर्वी चितवनको भानुचोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रत्ननगर नगरपालिका १० भानुचोकस्थित पूर्वपश्चिम राजमार्गमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ट्याङ्करले रोकिराखेको ना ३५ प ८७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापा घर भई हाल हेटौंडा बस्दै आएका सुमन लुइँटेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी रविनबाबु रेग्मीले जानकारी दिए । उनी आफन्तको घर गैंडाकोट जाँदै थिए । शवलाई अहिले पोष्टमार्टमका लाग...

मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण

मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण
गैँडाकाेट। नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण गरिएको छ । गत भदौमा आगोमा पोलिएका बिरामीको निःशुल्करूपमा पहिलो पटक शल्यक्रिया गरी छाला प्रत्यारोपण गरिएको अस्पतालका जनरल सर्जन डा. अर्चन घिमिरेले जानकारी दिए ।जिल्ला कै बुलिङटार-४ सिंचाङका ५१ वर्षीय तुलबहादुर सार्कीको आगोले पोलेको दाहिने हातमा छाला प्रत्यारोपण गरिएको हो । सार्कीको हातको कुहिनो (एल्बो)  एरियामा पोलेको थियो । जनरल सर्जन डा. अर्चन घिमिरे, डा. कमलराज न्यौपाने, डा. जितेन्द्र कण्डेलको टीम...

आज सूर्यग्रहण लाग्दै, कुन राशीलाई कस्तो हुन्छ असर ?

आज सूर्यग्रहण लाग्दै, कुन राशीलाई कस्तो हुन्छ असर ?
चितवन । आज कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने)  सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।ग्रहणले अपराह्न ४ बजे ५२ मिनेटमा स्पर्श गर्ने छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले बताए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे सात बजे छाड्ने छ । शास्त्रीय मान्यताअनुसार आजबिहान ४ बजेर ५२ मिनेट दे...