×

नवलपुर ।  किसान बचत तथा ऋण सहकारी संस्था एकाई १ को २७ औं साधारणसभा सम्पन्न भएको छ । किसान साकोसको बिजयनगर, हिमचुली, सम्बृद्धि भरतपुर, सप्तरंगी, सौहार्द , सहज, सप्तगण्डकी र नारायणगढ सेवाकेन्द्र अन्तर्गत एकाई १ अन्तर्गतको साधारण सभा संस्थाका  अध्यक्ष श्री श्रीहरि चालिसेकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

दिगंवत भएका संस्थाको सञ्चालक समितिका सचिव स्व. अनिल सापकोटा र प्रमुख कार्यकारी अधिकृत स्व. गणेश शर्मा पौडेल प्रति श्रद्धाञ्जली दिएर सुरू गरिएको २७ औं साधारण सभामा सहसचिव सरस्वती कँडेलले आर्थिक वर्ष २०७८/७९ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
गैंडाकोट ४ को एग्रोमार्ट परिसरमा सोमबार भएको साधारण सभामा संस्थाका सदस्य राजेन्द्र गौतमले आ ब २०७८/७९ को आर्थिक प्रतिवेदन एवं २०७९/८० को प्रस्तावित लक्ष्य तथा बजेट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सदस्य गौतमको प्रतिवेदनमा चालु आर्थिक वर्षको कुल सम्पती ३ अर्व ४४ करोड ७९ लाख ५६ हजार ८ सय ४९ रुपैयाँ रहेको व्यहोरा जानकारी गराउदै संस्थाले अन्य वित्तिय प्रतिवेदनका वारेमा जानकारी गराउनु भएको थियो ।

संस्थाका निर्वतमान अध्यक्ष एवं सञ्चालक सदस्य श्री गोपाल प्रसाद गौतमले  बर्तमान संस्थागत अवस्था, निर्वाचन कार्यतालिका लगायत हाल देखिएको आर्थिक संकुचनका वारेमा प्रष्ट पार्नु भएको थियो ।साधारण सभामा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक चिन्तामणी कँडेलले प्रस्तुत गर्नुभएको थियोे ।

किसान बचत तथा ऋण सहकारी संस्थाका  अध्यक्ष श्रीहरी चालिसेले किसानको शान एकिकृत सहकारी सेवाको अभियान भन्ने अभिप्रायका साथ स्थानिय स्तरमा रहेका २४ वटा सहकारी संस्थाहरुलाई एकिकरण गरि सहकारी अभियानलाई नै मार्गदर्शक रूपमा चिनाउन सफल किसान साकोसले ३ प्रदेशका ४ वटा जिल्लाहरुमा ८२ हजार सेयर सदस्यहरु मार्फत करिव ४अर्व पूँजी परिचान गर्न सफल भएको बताउनु भयो  ।

साे अवसरमा संस्थाका ८ वटा सेवा केन्द्रका उत्कृष्ट कारोवार कर्ता, उत्कृष्ट बाल बचत कर्ता र उत्कृष्ट महिला समुहलाइ पुरस्कार वितरण तथा सम्मान गरीएको थियो ।एकाइ नं १ को साधरण सभामा ८ वटा विविध प्रस्ताव उपर बृहत छलफल गरी उक्त प्रस्ताव सर्वसम्मत पारीत गर्दै, एकाइ नं. १ को माइन्यूट प्रमाणीतका लागी २० जना प्रतिनिधि र २४ गते सम्पन्न हुने माइन्यूट प्रमाणीत कार्यक्रममा १९ जना प्रतिनिधिको नामावली संकलन गर्दे कार्यक्रम सम्पन्न गरिएको थियो ।

किसान साकोसले एकाई २ को मंसिर १६ गते डण्डाबजारमा र १७ गते एकाई ३ को देवचुली–१७, फारममा साधारण सभा गर्ने जनाएको छ ।
संस्थाका ७ वटा संयोजकहरुको सहअध्यक्षतामा भएको साधारण सभाको अध्यक्ष श्रीहरी चालिसेको अध्यक्षतामा भएको थियो । २७ औं साधारण सभामा उपाध्यक्ष भोजराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन सहसचिव सरस्वती कँडेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया