×

नवलपुर विशेष

यमपञ्चकको चौथो दिन आज गाई पूजा

यमपञ्चकको चौथो दिन आज गाई पूजा
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।गाईको पूजा गरी आजका ...

मिलनटोल महिला समूहले आयोजना गरेको देउसीभैलोमा प्रगतिटोल महिला समूह प्रथम

मिलनटोल महिला समूहले आयोजना गरेको देउसीभैलोमा प्रगतिटोल महिला समूह प्रथम
गैँडाकोट । मिलनटोल महिला समूह गैँडाकोट १ ले आयोजना गरेको टोल स्तरीय देउसीभैलो प्रतियोगितामा प्रगतिटोल महिला समूह प्रथम भएको छ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा आयोजित टोलस्तरीय देउसीभैलो प्रतियोगितामा प्रगतिटोल महिला समूह प्रथम भएको आयोजक मिलनटोल महिला समूहका अध्यक्ष सरिता कोइराला (ढकालले) जानकारी दिनुभयो । प्रतियोगितामा मौलाकालिका टोल महिला समूह, श्रीनगर श्रृजनशिल टोल महिला समूह र शुभटोल महिला समूहले क्रमशः द्धितीय तृतीय र सान्त्वना स्थान प्राप्त गरे । प्रथम हु...

नवलपरासीको मध्यविन्दुमा बस दुर्घटनाः २३ जना घाइते

नवलपरासीको मध्यविन्दुमा बस दुर्घटनाः २३ जना घाइते
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नंको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताउनुभयो । घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएका र ती मध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएका जनाइएको छ । बाँकीला...

नारायणगढ–बुटवल सडकखण्ड : ठेक्का तोड्ने सडक विभागको चेतावनी

नारायणगढ–बुटवल सडकखण्ड : ठेक्का तोड्ने सडक विभागको चेतावनी
नवलपुर । सडक विभागले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्यको ठेक्का तोड्न सकिने स्पष्ट गरेको छ । ठेक्का सम्झौताको समयावधि सकिए पनि एक चौथाइ पनि काम सम्पन्न हुन नसकेपछि विभागका तर्फबाट यस्तो स्पष्टोक्ति आएको हो ।विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नारायणगढ–बुटवल खण्ड विस्तार कार्य लक्ष्यअनुसार अगाडि बढ्न नसकेको बताउँदै आयोजनाको स्थलगत निरीक्षणपछि मात्र ठेक्का तोडिने प्रक्रिया अगाडि बढाइने बताए । उनले भने, “चाडपर्वपछि सो सडकखण्डको स्थलगत निरीक्ष...

नवलपुरमा २६ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै

नवलपुरमा २६ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै
गैँडाकोट । नवलपुरका २६ हजार बालबालिकालाई कार्तिक २ र ३ गते भिटामिन ए  औषधि खुवाईने भएको छ । ६ महिनादेखि पाँचवर्ष सम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार जिल्लाका २४ हजार बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रम छ । उहाँका अनुसार ६ महिनादेखि २ वर्ष सम्मका बालबालिकालाई बालभिटा खुवाइने छ । ३५९ जना महिला स्वास्थ्य स्वयंसेविका मार्फत औषधि खुवाउने अभिय...

नवलपुरको हुप्सेकोटका ५७ वर्षीय कार्की बेपत्ता

नवलपुरको हुप्सेकोटका ५७ वर्षीय कार्की बेपत्ता
नवलपुर । पूर्वि नवलपरासीबाट एक पुरुष बेपत्ता भएका छन् । हुप्सेकोट गाउँपालिका वडा नं. २ कोलिया बस्दै आएका ५७ वर्षका नुन बहादुर कार्की बेपत्ता भएको उनको परिवारले जनाएको छ ।बोल्न र सुन्न नसक्ने नुन बहादुर हिजो दिउसो कावासोती फलफुलचोकमा देखिएको र त्यसपछि सम्पर्क बाहिर रहेको उनका भतिज मान बहादुर कार्कीले उज्यालो खबरलाई बताए । नुन बहादुरको खोजीका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा परिवारले निवेदन समेत दर्ता गराएको उनले बताए । हामिले काका हराए लगत्तै खोजविनको माग गर्दै प्रहरी क...

अवैध सामान नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपाल पितौजीको सकृयता

अवैध सामान नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपाल पितौजीको सकृयता
गैँडाकोट । नवलपुरमा भारतबाट लुकाइछिपाई अवैध समानहरु भित्रिन थालेपछि सशस्त्र प्रहरीले आफ्नाे सकृयता बढाएकाे छ । राजमार्गमा नियमित र आकस्मिक चेकिङलाइ बढाएकाे सशस्त्र प्रहरी बल नेपालले जनाएकाे छ । यसैक्रममा भारतबाट अवैध रुपमा भित्राइएको एक क्वीन्टल सिद्रा माछा (सानो आकारको माछा) नवलपुरमा आइतबार नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म हेडक्वाटर पितौजीबाट खटिएको प्रहरीको टोलीले यात्रुबाहक बसमा ल्याउदै गरेको अवस्थामा बरामद गरेको करिव एक क्वीन्टल सिद्रा माछा नष्ट ग...

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
काठमाडौं । संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नुभएको थियो, म अस्पताल जाँदैछु’, प्रसाईंले भने । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । ...

नवलपुर क्षेत्र नं. १ मा नतिजा उल्टाउने तयारीमा एमाले : ६ हजार ५०१ सदस्यीय प्रचार समिति गठन

नवलपुर क्षेत्र नं. १ मा नतिजा उल्टाउने तयारीमा एमाले : ६ हजार ५०१ सदस्यीय प्रचार समिति गठन
देवचुली । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको मिति नजिकिँदै गर्दा नेकपा एमालेले संगठन परिचालन र प्रचार प्रसारलाई तिब्रता दिन थालेको छ । नेकपा एमाले क्षेत्रिय समन्वय कमिटी क्षेत्र नं. १ को  बिस्तारित बैठकले क्षेत्रिय समन्वय कमिटीका  सहसंयोजक राम प्रसाद मरासिनी संयोजक र खिमान्नद भुसाल सचिव रहेको ६ हजार ५०१ सदस्य प्रचार प्रसार समिति गठन गरेको नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख सागर पोख्रेलले जानकारी दिनुभयो । प्रचार प्रसार समितिमा क्षेत्रिय समन्वय समितिका स स...