गैँडाकाेट । लायन्स क्लव अफ गैंडाकोटले शुक्रबार गैंडाकोट ३ केलादी मा रहेको कालीगण्डकी बाल बिकाशकेन्द्रका विद्यार्थी लाई शैक्षिक सामाग्री एवं न्यानो कपडा र स्थानीय बासिन्दाबीच स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेकाे छ ।

वालबिकाश केन्द्रमा अध्ययनरत सबै विद्यार्थीलाई क्लबले न्यानो कपडा सहित शैक्षिकसामाग्री बितरण गर्नुका साथै क्लबले स्थानीय सर्वसाधरण ज्येष्ठ नागरिक, अशक्त र फरक क्षमता भएका ६७ जना महिला र ३६ पुरुषकाे  स्वास्थ्य परिक्षण गराउदै  मधुमेह तथा रक्तचाप परिक्षण साथै उचित परामर्श सहित औषधि समेत वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी एजुकेटिब चिफ एमजेएफ लायन नारायण सापकोटाले “लायन्सको सेवा शहरमुखी भन्दा पनि गाउँमुखी भएकोमा हर्षित भएको र लायन्स क्लब अफ गैंडाकोटले विपन्न र दुःखीहरुलाई लक्षित गर्दै ग्रामीण भेगमा कार्यक्रम गरेकोमा आफुलाइ खुशी लागेको बताए । कार्यक्रम संयोजक गोबिन्द सुबेदीले “अहिलेको असमान्य खानपान र दौडधुप पूर्ण जिन्दगीमा मधुमेह र उच्च रक्तचापको समस्या धेरैलाई देखिने गरेको भन्दै खानपान र जीवनशैलीमा सुधार ल्याउनुपर्ने आवश्यकता औल्याएका थिए ।

कार्यक्रममा लायन शालिकराम सापकोटा, लायन षडानन्द लामिछाने, लायन उत्तमराज प्रधान, लायन सुजन अधिकारी लगाएत अतिथी रहेका थिए । लायन देशबन्धु सिक्देलले सहजीकरण गरेको उक्त कार्यक्रम लायन्स क्लब अफ गैंडाकोटकि अध्यक्ष राधादेवी आचार्यले गरेकी थिइन ।

तपाईको प्रतिक्रिया