×

गैँडाकोट । नवलपुरको गैँडाकोटमा केन्द्रीय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले मंसिर १२ गतेदेखि आफ्नो २७औं बार्षिक साधारणसभा  सुरुगर्ने  भएको छ ।

विभिन्न तीनवटा एकाई खडा गरि २५ वटा केन्द्र समावेश हुनेगरि किसानले आफ्नो २७औं बार्षिक साधारण सभालाई भव्यरुपमा मनाउन लागेको किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले जानकारी दिनुभयो ।मंसिर १२ गतेदेखि सुरु हुने किसानको साधारणसभा मंसिर २४ गते सम्पन्न हुनेछ ।

मंसिर १२ गते गैँडाकोट एग्रोमार्ट परिसरमा हुने साधारणसभामा पहिलो एकाईका विजयनगर, हिमचुली, समृद्धि भरतपुर, सप्तरंगी, सौहार्द, सहज, सप्तगण्डकी र नारायणगढ सेवाकेन्द्र सहभागि हुनेछन् ।साधारणसभा अन्तर्गत मंसिर १४ गते थारु राष्टिय संग्रालय परिसर कावासोती १६ डण्डामा एकाई नं. २ का सेवाकेन्द्रहरुको साधारणसभा हुनेछ । जहाँ कावासोती, समृद्धि कुनाको, पञ्चवटी, अरुणखोला, दुम्कीबास, भविष्यनिर्माण,पिठौली र विष्णुनगर सेवाकेन्द्रहरु सहभागि हुने अध्यक्ष चालिसेले बताउनुभयो ।

त्यसैगरी मंसिर १७ गते बरचुली माविको खेलमैदानमा हुने साधारणसभामा एकाई नं. ३ का मुकुन्दपुर, हर्कपुर, अमरापुरी, जनमुखी, पञ्चदृष्टि र देवज्योती सेवाकेन्द्र सहभागि हुने कार्यक्रम रहेको छ । विभिन्न तीनवटा एकाईमा हुने साधारणसभामा त्यस आसपासका सेवाकेन्द्रका किसानका सदस्यहरु सहभागी हुनेछन् ।किसानले आफ्ना सदस्यहरुको गुनासो र सुझावलाई मध्यनजर गर्दै सवै सेवाकेन्द्रहरु र केन्द्रिय कार्यालयमा सुझाव पेटिका राखेको छ । विहान १० वजेदेखि ४ वजेसम्म सेवाकेन्द्रमा गई सुझाव समेत राख्न सदस्यहरुलाई किसान बचतले आग्रह गरेको छ ।

एकाई भेलाबाट छनौट भएका ५७ जना प्रतिनिधिहरु, सञ्चालक समिति,सेवाकेन्द्र व्यवस्थापन समिति र कर्मचारी गरि करिव ६०० जनाको सहभागितामा निर्णयपुस्तिका प्रमाणिकरण, आर्थिक वर्ष २०७८/७९ को बार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष ७९/ ८० को प्रस्तावित बजेट तथा निति कार्यक्रम, लेखा परिक्षण प्रतिवेदन, लेखा परिक्षकको नियुक्ति लगायतका विविध प्रस्तावहरु निणयार्थ पेश गरिने र सदस्यहरुबाट प्राप्त सुझावलाई ग्रहण गर्दै मंसिर २४ गते गैँडाकोट २ मा रहेको द नारायणी होटलमा साधारणसभाको समापन हुने अध्यक्ष श्रीहरी चालिसेले बताउनुभयो ।

विस २०५२ सालमा स्थापना भएको किसानसँग ८० हजार बढी सदस्य रहेका छन् भने करिव साढे ४ अर्व भन्दा बढीको कुल सम्पती रहेको किसानले नवलपुर सहित चितवन र तनहुँका आफ्ना सदस्यहरुलाई वित्तिय एवम्ं  गैर वित्तिय (सामाजिक) सेवाहरु प्रदान गर्दै आइरेहको छ ।

तपाईको प्रतिक्रिया