नवलपुर । नवलपुरको धौवादीमा भएको जिप दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । दलदलेबाट डेडगाउँ जादै गरेको गण्डकी प्रदेश ०४-००१ च -०००६ नम्वरकाे जीप धोवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हाे ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माका अनुसार हुप्सेकाेट गाउँपालिका वडा नं‍ ५ मा पर्ने कान्छीपानीमा साँझ ५ :२० वजे जीप दुर्घटनामा परेकाे हाे । जीपमा सवार ८ जना मध्ये ३ जनाकाे घटनास्थलमै ज्यान गएकाे प्रत्यक्षदर्शी बेल बहादुर रानाले उज्यालाेलाई बताए । दुर्घटना सम्बन्धी विस्तृत विवरण आउन बाकि छ ।

तपाईको प्रतिक्रिया