गैँडाकोट । नवलपुरमा भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
दलदलेबाट जिल्लाको डेडगाँउ जादै गरेको गण्डकी प्रदेश ०४ ००१च ०००६ नम्बरको जीप हुप्सेकोट गाउपालिका वडा नं. ५ कान्छीपानीमा आज साँझ दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेहरुमा बुलिङटारका  ६० वर्षका होम बहादुर रानाभाट, ६७ वर्षीया मनसुभा बराल डेडगाउका २८ वर्षका केशरी दराई र ५८ वर्षका याम बहादुर ठाडा रहेका छन् ।

तपाईको प्रतिक्रिया