गैंडाकोट–१०मा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरु, धर्मशालाको मन्त्री पाण्डेद्वारा शिलान्यास
गैँडाकोट । कोटीहोमस्थली गैंडाकोट–१०, पितौजीमा सोमबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ । सहरी विकास मन्त्री बिक्रम पाण्डेले श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको उद्घाटन एवं यस स्थानमा बन्ने धर्मशालाको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा बोल्दै सहरी विकास मन्त्री पाण्डेले धार्मीक सोचले थालिएको महायज्ञमा सबैको सहभागिता हुनुपर्ने बताए । यज्ञमा व्यस्तताका बावजुत पनि आर्शिवाद ग्रहणकै लागि आएको बताएका मन्त्री पाण्डेले सबैलाई यज्ञमा आएर सफल बनाउन आग्रह गरे । यस यज्ञले...


