दश हजार दर्शकद्वारा मेलाको अवलोकन
नवलपुर ।नवलपुरको गैँडाकोटमा आइतबारदेखि सुरु भएको ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ को मंगलबार १० हजार बढी दर्शकले अवलोकन गरेका छन् । आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य लिलाबहादुर अधिकारीकाअनुसार मंगलकार होली पर्व परेकाले दर्शकहरुको राम्रो उपस्थिति रहेको थियो ।
मंगलबार मेलाको सांस्कृतिक कार्यक्रमलाई होली धमाका नाम दिएर चर्चित कलाकारको प्रस्तुती रहेका कारण पनि मेलामा दर्शकहरुको राम्रो उपस्थिति रहेको अधिकारीको भनाइ छ । बुधबार प...


