मध्यविन्दु । नवलपुरमा  सात महिनामा ४७ सवारी दुर्घटनामा हुँदा २२ जनाको मृत्यु भएको छ । यस अवधिमा एक सय ४८ घाइते भएका छन् । तीमध्ये ६१ गम्भीर र ८७ सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्याङकले देखाएको छ ।

प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सात महिनाको अवधिमा मङ्सिर महिनामा सवारी दुर्घटना धेरै भएको छ । यस्तै दुर्घटनाबाट सबैभन्दा धेरै पनि सोही महिनामा आठ जनाले ज्यान गुमाएका छन् । क्रमशः साउनमा तीन जना , भदौ, असोज र माघमा एक-एकजना, कात्तिकमा छ जना र पुसमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो ।

जिल्लामा आर्थिक वर्ष २०७७-७८ मा एक सय १३ वटा सवारी दुर्घटनाबाट ४६ जनाले ज्यान गुमाएका थिए । भने दुई सय २० जना घाइते भएका थिए । २०७८-७९ मा ९५ वटा सवारी दुर्घटनामा परी ४१ जनाको मृत्यु र दुई सय ४८ जना घाइते भएको सूचना अधिकारी पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया