कार्यसम्पादन मूल्यांकनमा सबै स्थानीय तहलाई उछिन्दै कावासोती नगरपालिका जिल्ला प्रथम
गोविन्द घिमिरे
गैँडाकोट । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा नवलपुरका आठ स्थानीय तह मध्ये कावासोती नगरपालिका पहिलो भएको छ ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष (आव २०८०-८१) का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।
आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलका प्रदेश सरकारको तुलनामा स्थानीय सरकारहरुको ...


