भरतपुरकाे स्वदेशी जुत्ता–चप्पल मेलामा बिदेशी ट्याग
चितवन । नेपाली जुत्ता चप्पलको प्रवर्द्धन गर्न भनेर चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा लगाइएको जुत्ता-चप्पल मेलामा विदेशी स्टिकर भएको जुत्ता चप्पल भेटिएको छ। नेपाली जुत्तालाई प्रवर्द्धन गर्ने हेतुले गरिएको मेलामा रहेको क्रस रोड नामको जुत्ता कम्पनिको स्टलमा मेड इन भियतनाम, मेड इन कोरिया लगायतका विभिन्न देशको स्टिकर भएको जुत्ता भेटिएको हो।
प्रदर्शनी केन्द्रमा राखिएको विभिन्न स्टलहरुमा रहेका जुत्तामा विदेशी स्टिकर भेटिएपछि नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्याय सग...


