×

नवलपुर विशेष

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले हप्तामा ४८ घण्टा काम गर्न सक्ने

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले हप्तामा ४८ घण्टा काम गर्न सक्ने
काठमाडौं । अष्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हप्तामा ४८ घण्टा काम गर्न पाउने भएका छन् ।शिक्षा मन्त्रालयको नयाँ नीति अनुसार हप्ताको २० घण्टा कामको सिलिङ बढाउँदै ४८ घण्टा पुर्‍याइएको शिक्षा मन्त्रालयको वेभसाइटमा उल्लेख छ । यो नियम जुलाई १ बाट प्रारम्भ हुनेछ । यस्तै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्नातक वा स्नातकोत्तर सकेपछि पूर्णरूपमा काम गर्न पाउनेगरी प्राप्त गर्ने भिसाको समयलाई अष्ट्रेलियाले थप गर्ने भएको छ ।हाल विद्यार्थीहरूले पढाइ सकेपछि २ वर्षका लागि प्र...

नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा सफारीको अनुमतिले पर्यटकको सङ्ख्यामा वृद्धि

नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा सफारीको अनुमतिले पर्यटकको सङ्ख्यामा वृद्धि
कावासोती ।  चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र जङ्गल सफारीका लागि नवलपुरको अमलटारीबाट निकुञ्ज प्रवेश र सफारीको अनुमति खुलाएसँगै अमलटारी क्षेत्रबाट निकुञ्जभित्र जङ्गल सफारी जाने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । नवलपुरको अमलटारी क्षेत्रबाट यसअघि टेम्पल टाइगर र थारु भिलेज होटलले मात्रै जङ्गल सफारीको निकुञ्ज प्रवेशको अनुमति पाएका थिए भने अन्य स्थानीय होटल र होमस्टेले नजिकको सामुदायिक वनमा मात्रै सफारी गराउन पाउने नियम थियो । निकुञ्जले अमलटारीबाट टेम्पल...

२ छाेराकाे हातमा सल बाधेर गण्डक नहरमा हाम फाल्दा आमा सहित ३ जनाकै मृत्यु

२ छाेराकाे हातमा सल बाधेर गण्डक नहरमा हाम फाल्दा आमा सहित ३ जनाकै मृत्यु
नवलपुर । नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुर स्थित गण्डक नहरमा बेपत्ता भएका आमा र २ जना छोरा मृत अवस्थामा भेटिएका छन् ।स्थानीय तीर्थराम थारुको श्रीमती २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारु सहित दिउसो २ वजे गण्डक नहरमा हाम फाल्दा बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले घटनास्थलदेखि करिव एकसय मिटर तल नहरमा तीनैजना मृत अवस्थामा भेटिएको बताउनुभयो । उहाँका अनुसार आमा प्रतिमाले दुवै छोराहरुको...

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प
काठमाडौं । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६।४ म्याग्निच्युडको भूकम्प गएको हो ।नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरी ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केही समय अगाडि मात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो ।उक्त शक्तिशाली भूकम...

काँग्रेस क्षेत्रीय समितिले कावासोतीमा गरेको स्वास्थ्य शिविरमा पाँचसय बढी लाभान्वीत

काँग्रेस क्षेत्रीय समितिले कावासोतीमा गरेको स्वास्थ्य शिविरमा पाँचसय बढी लाभान्वीत
रमेश न्याैपाने कावासाेती। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नवलपुरको कावासोतीमा भएको स्वास्थ्य शिविरमा पाँचसय बढीले सेवा लिएका छन् । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति नवलपुरले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा पाँचसय पचास जना स्थानीयहरुको स्वास्थ्य परीक्षण गरिएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनले जानकारी दिनुभयो । कावासोती नगरपालिका वडा नं. १२ मा रहेको सन्तुदेवी आधारभूत विद्यालयमा भएको स्वास्थ्य शिविरमा लाभ लिनका लागि विहानैदेखि स्थानीयहरु लामब...

मौलाकालिका हाइड्रोले ३८.१७ मेगावाटको आयोजना निर्माण गर्दै, लागत ८ अर्ब ७५ करोड हुने

मौलाकालिका हाइड्रोले ३८.१७ मेगावाटको आयोजना निर्माण गर्दै, लागत ८ अर्ब ७५ करोड हुने
गैँडाकाेट। मौलाकालिका हाइड्रोपावर कम्पनी प्रालिले ३८.१७ मेगावाटको कालिका कालीगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढाउने तयारी गरेको छ।सम्भाव्यता अध्ययन पुरा गरेको कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन (इआइए)  प्रतिवेदन तयारीसँगै स्वीकृति मागेको छ। इआइए स्वीकृत भएसँगै कम्पनीले निर्माण अघि बढाउने तयारी छ। हाइड्रोपावरका लागि नेपाल इन्भाइरोन्मेन्ट एण्ड डेभलपमेन्ट कन्सल्ट्याण्ट प्रालिले इआइए प्रतिवेदन तयार पारेको हो। आयोजना कालीगण्डकी नदीमा प्रस्ताव गरिएको छ। प्रस्तावित क्षेत्र त...

७३औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

७३औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौं । आज ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनीया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । प्रजातन्त्र दिवसमा २००८ सालपछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ । दिवसका अवसर...

आज महाशिवरात्रि पर्व मनाइँदै

आज महाशिवरात्रि पर्व मनाइँदै
काठमाडौं । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्ट...

कांग्रेस सांसद भण्डारीको स्वास्थ्य अवस्था स्थिर, आज दुई शल्यक्रिया हुने

कांग्रेस सांसद भण्डारीको स्वास्थ्य अवस्था स्थिर, आज दुई शल्यक्रिया हुने
काठमाडौँ–नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीको आज शल्यक्रिया हुने भएको छ । बुधवार राति ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद भण्डारीको आज बिहान १० बजे र २ बजे मुम्बई अस्पतालमा शल्यक्रिया हुन लागेको हो । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार शुक्रवार बिहान १० बजे र दिउँसो २ बजे भण्डारीको शल्यक्रिया हुनेछ । बम्बईस्थित नेपाली अगुवा व्यक्तित्व शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले चन्द्र भण्डारीको स्वास्थ्य उपचार सुरु गरेको उनले जानकारी ...