रक्सी खाएका चालकले हुइक्याएकाे कार कावासाेतीकाे जंगलमा दुर्घटना
नारायण शर्मा
नवलपुर । महेन्द्रराजमार्ग अन्तरगत पूर्वी नवलपरासीको कावासोती जंगलमा अहिले सांझ मादक पदार्थ सेवान गरेका चालकले हुइक्याएको एउटा निजि कार दुर्घटना हुदा २ जना घाइते भएका छन ।
जिल्ला प्रहरीका अनुसार कावासोती र लोकाहा जंगलको बिचमा नारायणगढतर्फ जादै गरेको बा १४ च २९३९ नम्बरको कार राजमार्गको उत्तरतर्फ माटो थुपारेको ठाउमा दुर्घटना हुदा कार उत्तानो परेको हो । मादकपदार्थ सेवन गरेका चालकले धुलाम्य सडकमा कार हुइक्याउदा दुर्घटना भएको डिएसपी सन्तोष पाठकले जानकारी दिए ।
...


