११ वर्षीया छात्रालाई शौचालयमा थुनेर बलात्कार गर्ने शिक्षक फरार, प्रिन्सिपल पक्राउ
जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ३ स्थित एक निजी विद्यालयमा अध्ययनरत नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि शिक्षक फरार भएका छन् । तर, अनुसन्धानको लागि प्रहरीले बोर्डिङका प्रिन्सिपल हरि श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
बुधबार सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक दीपेन्द्र यादवले जबर्जस्ती गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय सबैलाका इन्सपेक्टर रामकृष्ण देवकोटाले उक्त घटनाबारे बुझ्न खोज्दा भिडभाडमा रहेको भन्दै केही ...


