नवलपुर । पछिल्लो समयमा नेपालका सहकारी संस्थाहरु सकसमा छन् । केही सहकारीहरु बचत फिर्ता दिन सक्ने अवस्थामा छैन भने केहीले कार्यालयनै बन्द गरेका छन् । केही सहकारीका सञ्चालक सम्पर्क विहिन बनेका छन् । सहकारीका सदस्यहरु नियमित कार्यालय, नियामक निकाय र प्रहरी कार्यालय धाउन थालेका छन् । तिनै सहकारी संस्थाका कारण सिंगो सहकारी अभियान बदनाम हुनुपर्ने अवस्था सृजना भएको छ।
तर, सम्पूर्ण सहकारी एउटै होईन भन्ने गतिलो उदाहरण समुदाय केन्द्रीय सहकारीले दिँदै आएको छ । संकटको बीच पनि आफूलाई अब्बल सावित गर्दै आएका छन् । समुदाय केन्द्रीत सहकारीमा प्रयाप्त तरलता, नियमित ऋण लगानी, कारोबार वृद्धी गर्दै आएका छन्। बैंक तथा वित्तीय संस्थाभन्दा बढी विश्वास पनि सहकारी मै छ । जन्मदेखि मृत्युसम्मका सेवा दिने सहकारीहरु धेरै छन् । सदस्यहरुको विश्वासकै कारण विषम परिस्थितीमा पनि समुदायमा पकड जमाएका छन्।
नवलपुरकाे गैँडाकाेटमा मूख्य कार्यालय रहेकाे किसान बचत सहित समुदाय केन्द्रीत रहेर कारोबार गर्ने र अब्बल संस्थाको छबी बनाएका केही सहकारी संस्थाको फागुन मसान्तसम्मको वित्तीय विवरण यसप्रकार रहेकाे छ ।
किसान बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट
सेयर पुँजीः ३३ करोड ७० लाख
जगेडा कोषः १७ करोड ३९ लाख
कुल संस्थागत पुँजीस् १९ करोड १५ लाख
अन्य कोषहरुः ३ करोड ३० लाख
कुल बचतः २ अर्ब ७३ करोड ७८ लाख
लगानीमा रहेको ऋणः २ अर्ब ४५ करोड ५९ लाख
कुल सम्पत्तीः ३ अर्ब ४८ करोड ७४ लाख
तरलता रकमः ६३ करोड ९७ लाख
तरलता प्रतिशतः २३।३७५
सदस्य संख्याः ८४ हजार ४ सय ६५
ऋणी सदस्यः १३ हजार ७ सय २ जना
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था, कास्की
सेयर पुँजीः २१ करोड ३ लाख
जगेडा कोषः १५ करोड ७३ लाख
कुल बचतः १ अर्ब ६५ करोड
कूल संस्थागत पुँजीः १५ करोड ८८ लाख
विभिन्न कोषहरुः ११ करोड ९७ लाख
लगानीमा रहेको ऋणः १ अर्ब ७८ करोड
तरलता रकमः ३९ करोड ९९ लाख
तरलताः २४।१३ प्रतिशत
कुल सम्पत्तीस् १ अर्ब २६ करोड ५६ लाख
सेयर सदस्यः ८ हजार ७ सय ८६ जना
ऋणी सदस्यः १ हजार ५ सय ७ जना
जनउत्थान बचत तथा ऋण सहकारी संस्था, रुपन्देही
सेयर पुँजीः ३० करोड ४७ लाख
जगेडा कोषः २४ करोड ९ लाख
कर्जा जोखिम कोषः ५ करोड १ लाख
कुल बचतः २ अर्ब ४८ करोड ५१ लाख
लगानीमा रहेको ऋणः २ अर्ब ५० करोड ५८ लाख
कुल सम्पत्तीः ३ अर्ब २२ करोड ७६ लाख
तरलता रकमः ६० करोड २९ लाख
तरलता प्रतिशतः २४।२६५
सदस्य संख्याः ३९ हजार ३ सय ३ जना
ऋणी सदस्यः १ हजार १ सय १७ जना
जनकल्याण बचत तथा ऋण सहकारी संस्था, धादिङ
सेयर पुँजीः ११ करोड ७१ लाख ४२ हजार ५ सय
जगेडा कोषः ७ करोड ३६ लाख ६८ हजार ५ सय २०
अन्य कोषहरुः ७ करोड २० लाख ५३ हजार ७ सय ६३
कुल निक्षेपः ८१ करोड २२ लाख ९१ हजार
संस्थागत पुँजीः ९ करोड २० लाख ६३ हजार
तरलताः २२ करोड ८८ लाख ५९ हजार
लगानीः ८३ करोड १२ लाख ६८ हजार
सेयर लगानीः ६ लाख
कुल सम्पत्तीः १ अर्ब १३ करोड १४ लाख
कुल आम्दानी स् ६ करोड २२ लाख
तरलताः २८।१७ प्रतिशत
संस्थागत पुँजीः ८।१३ प्रतिशत
सेयर सदस्य संख्याः ९ हजार २ सय ६२
ऋणी सदस्यः २ हजार २ सय १८
ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था, काभ्रे
सेयरपुँजीः १० करोड ४ लाख
जगेडा कोषः ५ करोड ५२ लाख
विभिन्न कोषः ३ करोड
कुल संस्थागत पुँजीः ५ करोड ९७ लाख
कुल बचतः ७० करोड ५० लाख
तरलता रकमः १२ करोड ४६ लाख
लगानीमा रहेको ऋणः ८२ करोड ५२ लाख
तरलताः १७।६९५
कुल सम्पत्तीः १ अर्ब ९ करोड
सेयर सदस्यः १४ हजार ५ सय ४७ जना
ऋणी सदस्यः २ हजार ६ सय ७ जना
बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था, काभ्रे
सेयरपुँजीः १५ करोड ५६ लाख
जगेडा कोषः ११ करोड
विभिन्न कोषः ९ करोड ७१ लाख
कुल संस्थागत पुँजीः ११ करोड ७६ लाख
कुल बचतः १ अर्ब ३४ करोड १९ लाख
तरलता रकमः ३१ करोड ३१ लाख
लगानीमा रहेको ऋणः १ अर्ब ३४ करोड १५ लाख
तरलताः २३।३३५
कुल सम्पत्तीः १ अर्ब ७१ करोड ३० लाख
सेयर सदस्यः २४ हजार ४ सय १९ जना
ऋणी सदस्यः २ हजार ९ सय ४३ जना
जनसचेतन बचत तथा ऋण सहकारी संस्था, दोलखा
सेयर पुँजीः १६ करोड ५२ लाख
जगेडा कोषः १७ करोड १४ लाख
कुल संस्थागत पुँजीस् १७ करोड १४ लाख
अन्य कोषहरुः १० करोड २० लाख
कुल बचतः १ अर्ब ६५ करोड २ लाख
लगानीमा रहेको ऋणः १ अर्ब ८८ करोड ६२ लाख
कुल सम्पत्तीः २ अर्ब ३३ करोड ७३ लाख
तरलता रकमः १८ करोड ७७ लाख
तरलता प्रतिशतः १२।०३५
सदस्य संख्याः २७ हजार ५ सय ७६
ऋणी सदस्यः ४ हजार ३ सय ५६ जना
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था, काठमाडौं
सेयर पुँजीः १७ करोड ८८ लाख
जगेडा कोषः ८ करोड ४ लाख
कुल संस्थागत पुँजीस् १० करोड ६३ लाख
अन्य कोषहरुः ६ करोड २९ लाख
कुल बचतः २ अर्ब ५० करोड ६५ लाख
लगानीमा रहेको ऋणः २ अर्ब २ करोड ९९ लाख
कुल सम्पत्तीः ३ अर्ब ८ करोड २२ लाख
तरलता रकमः ६५ करोड ४६ लाख
तरलता प्रतिशतः २६।१२५
सदस्य संख्याः १६ हजार ९ सय ८५
ऋणी सदस्यः २ हजार १ सय ४८
ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था, काठमाडौं
सेयर पुँजीः ८ करोड ८८ लाख
जगेडा कोषः १० करोड १२ लाख
कुल संस्थागत पुँजीस् ११ करोड ५ लाख
अन्य कोषहरुः ३५ लाख
कुल बचतः ९९ करोड ६७ लाख
लगानीमा रहेको ऋणः १ अर्ब २३ करोड ४३ लाख
कुल सम्पत्तीः १ अर्ब ५८ करोड ५६ लाख
तरलता रकमः १६ करोड
तरलता प्रतिशतः १६।०६५
सदस्य संख्याः ३ हजार ७ सय ४६
ऋणी सदस्यः २ सय ९४ जना
महाकाली बचत तथा ऋण सहकारी संस्था, काठमाडौं
सेयर पुँजीः ४ करोड १९ लाख
जगेडा कोषः १८ लाख
विभिन्न कोषहरुः १२ लाख
कुल बचतः ५ करोड ४१ लाख
लगानीमा रहेको ऋणः ७ करोड ९६ लाख
कुल सम्पत्तीस् १० करोड १० लाख
तरलताः ३३ प्रतिशत
सदस्य संख्याः २५३
ऋणी सदस्यः ४२



उज्यालो खबर




