गैँडाकोट । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिदै जाँदा नवलपुरको गैँडाकोटमा रहेको कालिका सँस्कृत विद्यापिठमा विद्यार्थीहरुले तालावन्दी गरेका छन् ।नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुु र नेकपा माओवादी (केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले कालिका सँस्कृत विद्यापिठको निर्वाचन कार्यालयमा तालावन्दी गरेका हुन् ।

निर्वाचन समितिले एकपक्षीय ढंगले निर्णय गरेको तथा काँग्रेसको विद्यार्थीसंठन नेवीसंघलाई मात्रै काखी च्यापेर अघि बढेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको दुई विद्यार्थीसंगठनको दावी छ ।अनेरास्ववियुका जिला अध्यक्ष विष्णु पौडेल र अनेरास्ववियू (क्रान्तिकारी )का जिल्ला संयोजक सनरोज भण्डारीले निर्वाचन जस्तो महत्वपूर्ण विषयमा आफुहरुसँग कुनै समन्वय नगरि निर्वाचन समिति एकपक्षीय ढंगले अगाडि बढेकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।

तपाईको प्रतिक्रिया