
गैँडाकोट ।गैँडाकोट नगरपालिकामा नगर कृषि संजाल गठन गरिएको छ । जसको अध्यक्षमा गैँडाकोट ८ का तिलकप्रसाद कंडेल चयन हुनुभएको छ ।त्यस्तै उपाध्यक्षमा गैँडाकोट ११ का तारा अधिकारी, सचिवमा गैँडाकोट १७ का नारायण देवकोटा, कोषाध्यक्षमा गैँडाकोट ५ का दुर्गा लामिछाने, सह–सचिवमा गैँडाकोट १ का काशिनाथ कंडेल चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा गैँडाकोट २ का नारायणी अर्याल, गैँडाकोट ४ का संगिता पौडेल, गैँडाकोट ७ का सरस्वती घिमिरे, गैँडाकोट ८ का खुमनाथ पौडेल, गैँडाकोट ६ का खिमानन्द सापकोटा, गैँडाकोट ९ का छविलाल सापकोटा, गैँडाकोट १२ का हरिदत्त कंडेल, गैँडाकोट १४ का चिन्तामणि शर्मा, गैँडाकोट १६ का कमलाशर्मा कंडेल चयन हुनुभएको छ ।
गैँडाकोट ३, १०, १३ र १८ नम्बर वडाबाट सदस्य चयन गर्न बाकिं रहेको छ । त्यस्तै दुग्ध डेरीबाट १ जना प्रतिनिधि छनौट गर्न बाकीँ रहेको विनायक कृषि सहकारी संस्थाका अध्यक्ष तिलकप्रसाद कंडेले जानकारी दिनुभयो। गैँडाकोट नगरपालिकाका कृषि शाखा प्रमुख राजु शर्मा पदेन सदस्य रहनुभएको छ ।यसअघि भएको कृषि ऐन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नगर भित्रका किसानहरुले आफ्ना समस्या र गुनासो राखेका थिए । बिउ राम्रो नभएको, मल समयमा नपाउने, बजारीकरणको समस्या रहेको लगाएतको गुनासो राखेका थिए ।
किसानको गुनासोलाई सम्बोधन गदैँ गैँडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारीले किसानको समस्या समाधानका लागि नगरले विभिन्न योजना बनाएर काम गरेको बताउदै बजारीकरणमा सहयोग गर्ने, मल समयमा उपलब्ध गराउने लगाएतको प्रतिबद्धता जनाउनुभएको छ ।त्यस्तै गैँडाकोट नगरपालिकाका उप–प्रमुख शान्ती कोइरालाले किसानले उत्पादन गरेको खाद्यान्नको बजारीकरणमा नगरले सहयोग गर्ने बताउनुभएको छ ।