×

चोरमारा । नवलपुरको चोरमारामा आजदेखी प्रथम मध्यविन्दु कृषि, पर्यटन, व्यापारिक तथा साँस्कृतिक महोत्सव सुरु हुँदैछ ।घरेलु तथा साना उद्योग महासंघ मध्यविन्दु, चोरमारा युवा क्लव र लोहासेधारा युवा क्लवले संयुक्त रुपमा “मध्यविन्दु समृद्धिको मुख्य आधार, संस्कृति संरक्षण तथा पर्यटन विकासमा पुर्वाधार” भन्ने मुल नाराका साथ महाेत्सवकाे आयोजना गरेकाे हाे ।

मध्यविन्दु नगरपालिका ७ स्थित नवजागरण प्रा।वि।को पूरानो भवनको मैदानमा  सुरु हुने “प्रथम मध्यविन्दु कृषि, पर्यटन, व्यापारीक तथा साँस्कृतिक महोत्सबको   नगर प्रमुख भिमलाल अधिकारीले ( आज)  बिहिवार बिहान ११ बजे उद्घाटन गर्ने भएका छन् । महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने छ ।

महोत्सवमा झन्डै डेढ सय व्यावसायिक स्टल रहने र महोत्सवको तयारी पूरा भएको संघका अध्यक्ष देवलाल काफ्लेले बताउनुभयो । मध्यविन्दुलाई कृषि , पर्यटन , शिक्षा , स्वास्थ्य , सुचना प्रविधि र औद्योगिक क्षेत्रका रुपमा परिचित गराउँदै यस क्षेत्रका धार्मिक, ऐतिहासिक , सांस्कृतिक, पर्यटकीय र जैविक विविधता तथा विभिन्न जातजातीहरुको मौलिक खानाको संरक्षण, सम्वर्द्धन तथा प्रचार प्रसार गरी सम्रग आर्थिक विकास गर्न कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सुचना प्रविधि, उद्योग र व्यापारको प्रवर्द्धन गर्दै स्थानीय उत्पादनहरुको पहिचान एवं उपभोक्ता वर्गलाई स्थानीय क्षेत्रमै किनमेल गर्ने बानिको विकास गराउने हेतुले महोत्सव गर्न लागिएको संघका अध्यक्ष काफ्लेले बताउनुभयो।

यस्तै महोत्सवमा टिकटक प्रतियोगिता, मम्मी डान्स, डान्स आईडल सहित विभिन्न खेलकुदहरु समेत राखिएको छ । महोत्सव अवलोकन गर्न आउने दर्शकहरुले यस महोत्सवबाट नयाँपनको महसुस गर्न पाउने संघका महासचिव विशालजंग थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया