
गैंडाकोट । नेपाली काँग्रेस गैंडाकोट ५ वडा कार्यसमितिको आयोजनामा वार्षिक कार्ययोजना निर्माण कार्यशाला विपी स्मृति भवन काँग्रेसचोकमा सम्पन्न भएको छ । कार्यक्रममा नेका नगरसभापति बद्री सापकोटाले आगामी दिनमा पार्टीलाई चलायमान गराउन वार्षिक कार्यक्रम निर्धारण गर्न लागेको बताउनु भयो ।
नगर सचिव गोविन्द घिमिरेले नियमित कार्यक्रम , सामुदायिक कार्यक्रम, संगठन निर्माणका लागि सहयोगी कार्यक्रम, वैचारिक कार्यक्रम र योजना निर्माण तथा कार्यान्वयनका लागि गरिने कार्यक्रमहरूमाथि प्रकाश पार्नुभएको थियो । वडा सचिव दीपक ढुंगानाको सहजीकरण रहेको सो कार्यक्रममा वडा सदस्य उषा परियारले स्वागत गर्नुभएको थियो ।
कार्यक्रम वडा सभापति लक्ष्मण कार्कीको सभापतित्वमा सम्पन्न भएको हो । गण्डकी प्रदेश सदस्य द्रोण वन सन्यासी, इन्द्रराज ज्योति पौडेल, दोलराज पाण्डे, डिलकुमारी घिमिरे दुर्गा, केशवराज शर्मा, दाताराम घिमिरेलगायतले कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो ।