गैंडाकोट ।  गैंडाकोट जेसीजको आयोजनामा लोम अफिसर्स तालिम सम्पन्न भएको छ । गैंडाकोट ५ स्थित सहमतिको सभाहलमा भएको तालिमको मुख्य प्रशिक्षकको रुपमा नेपाल जेसीजका पुर्ब कार्यकारीणी उपाध्यक्ष शिव प्रसाद भुसाल रहनुभएको थियो ।

प्रशिक्षक भुसालले जेसीजका विभिन्न जिम्मेवार पदहरुको काम ,कर्तव्य तथा अधिकारका विषयमा जानकारी गराउनुभएको थियो । तालिम निकै फलदायी रहेको तालिम पछि सहभागीको तर्फबाट आफ्नो मन्तव्य राख्दै गैंडाकोट जेसीजका निर्देशक तेजेन्द्र रानाले बताउनुभयो ।

गैंडाकोट जेसीजका बर्ष २०२३ का अध्यक्ष रोजन घिमिरेको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा बर्ष २०२२ का शंकर अधिकारी लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । तालिम पस्चात सहभागीहरुले आफुले नबुझेका कुराहरु प्रशिक्षक भुसाल समक्ष राखेका थिए । कार्यक्रमको सहजीकरण बर्ष २०२३ का महासचिव हरी पौडेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया