नारायण शर्मा

नवलपुर । महेन्द्रराजमार्ग अन्तरगत पूर्वी नवलपरासीको कावासोती जंगलमा अहिले सांझ मादक पदार्थ सेवान गरेका चालकले हुइक्याएको एउटा निजि कार दुर्घटना हुदा २ जना घाइते भएका छन ।

जिल्ला प्रहरीका अनुसार कावासोती र लोकाहा जंगलको बिचमा नारायणगढतर्फ जादै गरेको बा १४ च २९३९ नम्बरको कार राजमार्गको उत्तरतर्फ माटो थुपारेको ठाउमा दुर्घटना हुदा कार उत्तानो परेको हो । मादकपदार्थ सेवन गरेका चालकले धुलाम्य सडकमा कार हुइक्याउदा दुर्घटना भएको डिएसपी सन्तोष पाठकले जानकारी दिए ।

कारमा रहेका दुई यात्रु घाइते भएका छन । महेन्द्रराजमार्ग फराकिलो बनाउनेक्रममा भत्काइएको सडकमा तिब्रगतिमा हुइकेको कार माटोको ढिस्कोमा परेर दुर्घटना भएको प्रत्यक्षदर्शि साहिल मिया जफफरले टेलिफोनमा बताए ।

राजमार्ग बनाउदै गरेको माटोमा ढिस्कोमा तिब्र गतिको कार पर्दा पाग्रा उत्तोनो (माथि) परेर पल्टेको छ । दुर्घटनास्थलवाट कार हटाउने प्रयास भैरहेको प्रहरीले जनायो । घाइतेको अबस्था सामान्य छ । कारमा सवार यात्रुको बारेमा जानकारी लिने काम भैरहेको प्रहरीले जनायो । राजमार्गमा काम गर्दै गरेका मजदुरले उद्धार गरेका हुन ।

 

तपाईको प्रतिक्रिया