नवलपुरमा छाेरीलाई बलात्कार गरेकाे आराेपमा बुबा पक्राउ
नवलपुर । ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३१ वर्षीय बुबालाई विनयी त्रिवेणी गाउँपालिकाबाट फागुन ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बुबाले ०७९ माघ ११ गते बलात्कार गरेको भन्दै फागुन ९ गते बालिकाको आमाले इलाका प्रहरी कार्यालय दुम्कीबासमा मौखिक उजुरी दिनु भएको थियो ।
उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको डिएसपी सन्तोष पाठकले बताउनुभयो । आरोपित विरूद्ध फागुन १० गते नवलपुर ज...


