नवलपुर । नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुर स्थित गण्डक नहरमा बेपत्ता भएका आमा र २ जना छोरा मृत अवस्थामा भेटिएका छन् ।स्थानीय तीर्थराम थारुको श्रीमती २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारु सहित दिउसो २ वजे गण्डक नहरमा हाम फाल्दा बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले घटनास्थलदेखि करिव एकसय मिटर तल नहरमा तीनैजना मृत अवस्थामा भेटिएको बताउनुभयो । उहाँका अनुसार आमा प्रतिमाले दुवै छोराहरुको हातमा सलको डोरीले बाँधेर नहरमा हाम फालेको देखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया