जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते
वालिङ । जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो गाडी दुर्घटना भएको छ । गाडी दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।अर्जुनचौपारी गाउँपालिका-३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ-४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कंदै गरेको बा१झ ५८७८ नम्बरको गाडीमा सवार अन्य तीन जना घाइते भएका छन् ।दुर्घटनामा परी जिल्ला समन्वय अधिकार...


