उच्च गर्मी कायमै रहेपनि गैँडाकोटका सामुदायिक र संस्थागत विद्यालयहरु भोलिदेखि खुल्ने
गैँडाकोट । उच्च गर्मी कायमै रहेपनि नवलपुरको गैँडाकोट नगरपालिका भित्रका सबै विद्यालयहरु आइतबार (भोलि) देखि सञ्चालन हुने भएका छन् । ज्येष्ठ २१ गतेदेखि बन्द रहेका नगरभित्रका सामूदायिक र संस्थागत विद्यालयहरु भोलिदेखि खुल्ने भएका हुन् ।
संस्थागत विद्यालयहरुको छातासंगठन प्याब्सन गैँडाकोटको शनिबार बसेको बैठकले आइतबारदेखि विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष लक्ष्मीप्रसाद दवाडीले उज्यालो खबरलाई जानकारी दिनुभयो । लामो समय विद्यालयहरु बन्द हुँदा अध्ययनमा समेत ...


