×

गैँँडाकोट । किसान बचत तथा ऋण सहकारी सस्था लि।को २८ औं स्थापना दिवशका अवसरमा संस्थाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक कार्यालय, नवलपुरको समन्वयमा गैंडाकोटको केन्द्रीय कार्यालय र देवचुली नगरपालिकाको दलदलेमा सम्पन्न गरिंएको हो ।

जिल्ला ट्राफिक कार्यालय, चितवनको समन्वयमा रत्ननगर नगरपालिकाको टाँडीचोकको राजमार्गमा पूर्वपश्चिम गुडीरहेका सवारीसाधनका चालकहरुलाई ट्राफिक सचेतना सम्वन्धिका पम्प्लेट वितरण गर्दे ट्राफिक नियमको पालना गर्दे दुर्घटना न्यूनीकरणमा हातेमालो गर्न आग्रह गरिएको किसान बचतले जनाएको छ ।

संस्थाको गैंडाकोट स्थित केन्द्रिय कार्यालयमा ८ वजे संस्थाका अध्यक्ष श्री श्रीहरि चालिसेवाट अस्थायी ट्राफिक प्रहरि पोष्टका प्रमुख लेखनाथ पुरीलाई पम्प्लेट हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो सो कार्याक्रममा वोल्दै संस्थाका अध्यक्षले सम्पूर्ण जनसमुदायले ट्राफिक नियमको उचित पालना गरेको खण्डमा दुर्घटना न्यूनीकरणमा सहजहुने बताउनु भयो ।

कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य, लेखासमितीका पदाधिकारी, अन्य समिति उपसमितिका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।यसैगरि देवचुली नगरपालिका अन्तर्गत दलदलेमा आयोजना गरेको कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य एवम् पञ्चदृष्टि सेवाकेन्द्र संयोजक रेशमलाल सापकोटाको नेतृत्वमा जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रहरी नायव निरीक्षक राम वहादुर मगरातीको सहजीकरणमा सेवाकेन्द्र व्यवस्थापन समितिका पदाधिकारी तथा कर्मचारीको उपस्थितीमा सम्पन्न भयो ।

चितवनको रत्ननगरपालिका टाँडीमा आयोजना गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष  भोजराज पौडेल र सौहार्द सेवाकेन्द्रका संयोजक चन्द्र नेपालको नेतृत्वमा जिल्ला ट्राफिक कार्यालय चितवनको सहजिकरणमा सौहार्द सेवाकेन्द्रका व्यवस्थापन समितिका पदाधिकारी र कर्मचारीको उपस्थितीमा सम्पन्न भयो ।

सप्ताहव्यापी रुपमा आयोजित कार्यक्रम यहि मिति २०८० आषाढ १५ गते संस्थाको केन्द्रिय कार्यालयमा संयुक्त रक्तदान कार्यक्रम, एटिएम सेवा उद्घाटन, विपन्न सदस्यका छोराछोरीलाई शैक्षिक सामाग्री वितरण तथा दीपप्रज्वलन साथै संस्थाको कावासोती सेवाकेन्द्रमा वृहत खुल्ला रक्तदान कार्यक्रम गरि  सम्पन्न हुने  सस्थाका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया