×

गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. ६,७,८ र ९ मा पीउने पानी वितरण गर्दै आएको नमुना शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथौ बोरिङको आज शुभारम्भ गरिएको छ ।गैँडाकोट नगरपालिका वडा नं. ७ धोद्रेमा खानेपानीको चौथो बोरिङको आज शुभारम्भ गरिएको संस्थाका अध्यक्ष जयराम कंडेलले जानकारी दिनुभयो ।

गैंडाकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष होमनाथ सापकोटा र महिलाविकास केन्द्रका सरस्वती घिमिरेले संयुक्त रुपमा खानेपानी बोरिङको शुभारम्भ गर्नु भएको थियो।संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना पोखराको ४७ लाख रुपैयाको आर्थिक सहयोगमा बोरिङको काम सुरु गरिएको हो ।

एकमहिनाको अवधीमा काम सक्ने सक्ने लक्ष्य लिइएको सो बोरिङबाट सोचे अनुरुपको पानी आएमा थप पाँचसय घरधुरीलाई पानी उपलव्ध गराउने सकिने नमुना शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । नमुना शिवनगर खानेपानीले हाल १९७४ घरधुरीलाई पानी उपलव्ध गराउदै आएको छ ।

फाेटो : हरि सुवेदी

तपाईको प्रतिक्रिया