गैंडाकोट । शाईनिङ ईङ्लिस सेकेन्डरी स्कूल गैंडाकोटले शनिबार अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गैँडाकोट ५ स्थित विद्यालयको आफ्नै मल्टिमिडिया सभाहलमा अभिमुखिकरण कार्यक्रम १०० भन्दा बढी अभिभावकहरुको बीच सम्पन्न गरेको हो ।
विद्यार्थीहरुको सिकाईमा सहजीकरण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्राचार्य इन्दिरा दवाडीले अभिमूखिकरण कार्यक्रमले अभिभावक र विद्यालयविच रहने दुरी समेत कम हुने र सिकाइका नयाँ नयाँ माध्यमका बारेमा समेत जानकारी प्राप्त हुने बताउनुभयो ।
उहाँले विद्यार्थीहरुको पहिलो पाठशाला घर नै भएको बताउँदै आफ्ना नानीबाबुहरुको भाविष्य कता लैजाने भन्नेकुरा अभिभाकहरुको हातमा रहेको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका सहजकर्ता एवं शिक्षाविद गोपाल भण्डारीले मन खुसी र बाताबरण राम्रो भएको खण्डमा मात्रै उनिहरुको सिकाई सहजीकरण प्रभावकारी हुने धारणा राख्नुभयो । कार्यक्रममा अभिभावक सँगै विद्यार्थी एवं शिक्षकको पनि केहि मात्रामा सहभागिता रहेको थियो ।



उज्यालो खबर




